संखुवासभा : संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १६ दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ। जिल्लामा दुर्गम उत्तरी क्षेत्र भोटखोलामा गत जेठ १५ गते देखि दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो।टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन्। टेलिफोन सेवा अवरुद्ध भएको १६ दिन भइसक्दा पनि सरोकारवाला निकायले चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला गाउँपालिका का वडा सचिव दावा लामाले जानकारी दिए।टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला गाउँपालिका नै सञ्चार