धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ। पहाडी जिल्ला बैतडी, बाजुरा र बझाङमा टेलिफोन सेवा अवरुद्ध छ।तीन दिनदेखिको हिमपात र वर्षाका कारण टेलिफोन अवरुद्ध भएको हो। बाजुराको टेलिफोन सेवा मर्मतका लागि प्राविधिकको समस्या रहेको बताइएको छ। हवाई सेवा सुरु भए प्राविधिक पठाइने नेपाल टेलिकम, सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले बताए।उनका अनुसार बाजुराका पूर्णरुपमा सम्पर्कविहीन छ। यस्तै बझाङको सदरमुकाम चैनपुरबाहेकका क्षेत्रमा पनि टेलिफोन सेवा बन्द भएको छ। अछाममा नेप