व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो । गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ ।हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले बताए । “नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म अहिले पनि हिउँ नपग्लिएका कारण जान सकिने अवस्था रहेन”, गुरुङले भने, “हिउँ पग्लिएपछि वैशाखपछि मात्रै फोन सेवा