हेटौंडा उपमहानगरपालिका-४ हुप्रचौरस्थित झाडीमा फेला परेकी नवजात शिशुले साढे तीन महिनापछि आफूलाई पालन पोषण र संरक्षण गर्ने अभिभावक पाएकी छिन् । कार्तिक ३० गते बेवारिस अवस्थामा फेला परेकी नवजात शिशुलाई हेटौंडा उपमहानगरपालिकाले मधेश प्रदेशको पर्सा ठोरी गाउँपालिकाका नि:सन्तान दम्पतीलाई शिशु हस्तान्तरण गरेको हो ।