अण्डा खाएपछि दुध पिउनुहुन्छ कि हुँदैन ? के भन्छन् विज्ञ ?

अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अण्डा प्रोटिनको उत्तम स्रोत मध्ये एक हो । यसका साथै यसमा फोलेट, भिटामिन बीफाइभ, बी१२, बीटु, डी, फस्फोरस, सेलेनियमजस्ता आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । दैनिक अण्डा खाँदा तपाईंलाई शारीरिक तवरले स्वस्थ मात्र राख्दैन, यो तपाईंको छाला र कपालको लागि पनि धेरै फाइदाजनक हुन्छ । तर अण्डा र दुध सँगसँगै खान हुन्छ कि हुँदैन भनेर धेरैजना अन्यौलमा हुन्छन् किनभने अण्डा खाएपछि दुध पिउनेबारे विभिन्न धारणा छन् । धेरैले दुध र अण्डा सँगै खानु निकै फाइदा

सम्बन्धित सामग्री

दुध पिउनु स्वास्थ्यका लागि कत्तिको फाइदाजनक? कस्ले पिउने? कस्ले नपिउने?

के दूध यस्तो चीज हो जुन सबैले दिनहुँ पिउन सक्छन्? दूधमा कस्ता पोषक तत्व पाइन्छ? दैनिक कति दुध पिउनु स्वास्थ्यका लागि राम्रो हो? दूध कसले पिउनु हुँदैन? यी सबै प्रश्नको उत्तर खोज्ने प्रयास यस रिपोर्टमा गरिएको छ । बालस्वास्थ्य तथा पोषण विज्ञ अरुण कुमार दूधमा क्याल्सियम र प्रोटिनको मात्रा धेरै हुने भए पनि मांंसाहारी खाना […]

बजेट संशोधन गर्न हुँदैन : विज्ञ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको सडकदेखि सदनसम्म आलोचना भइरहेको छ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी (जसपा) का सांसद्हरूले बजेटमाथिको छलफलमा भाग लिँदै यथास्थितिमा बजेट पारित गर्न नदिने बताइरहँदा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेसका सांसदहरूले पनि बजेटको आलोचना गरिरहेका छन् ।  सदनदेखि सडकसम्म बजेटको आलोचना हुँदा सरकारलाई त्यसको सामना गर्न अप्ठ्यारो परेको देखिन्छ । बजेटमा विवाद रहे पनि विज्ञहरू बजेटका कमा, पूर्णविरामसम्म चलाउन नहुने तर्क गर्छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल संशोधन गरे बजेटसँगै सरकार पनि असफल हुने बताउँछन् ।  ‘बजेटमा संशोधन गर्नु हुँदैन । सदनमा उठेको केही कुरा सरकारले अमूर्त हिसाबले सम्बोधन गर्न सक्छ,’ उनले भने, ‘यसअघि पनि सदनमा आवाज उठ्दा सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएर बजेट पास गरेको छ ।’  उनका अनुसार बजेट संशोधन गर्नु भनेको प्राविधिक रूपमा फेलसरह हो । उपयुक्त भाषा प्रयोग गरेर सरकारले कतिपय विवादित कुरालाई सम्बोधन गर्छौं भनेर दलीय समझदारी जुटाई प्रतिबद्धता जाहेर गर्नुपर्छ । पोखरेलका अनुसार नेपालको इतिहासमा अहिलेसम्म बजेट संशोधन भएको छैन ।   नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनाली पनि बजेट संशोधन गर्न नहुने बताउँछन् । उनका अनुसार कार्यकारी पद्धति भएको शासनमा बजेट र त्यसमार्फत ल्याइएका दरहरूमा संशोधन गर्न हुँदैन । किनभने सरकारको नीति र प्राथमिकताका विषयमा पहिल्यै छलफल भएको हुन्छ । बजेट तर्जुमा गर्दा नै प्राथमिकता र नीतिका विषयमा व्यापक छलफल हुने र त्यही कुरा बजेटमा समावेश हुने मैनाली बताउँछन् । ‘बजेट सार्वजनिक भइसकेपछि यसका अंक, करका दर, खर्च प्रस्तावहरू संशोधन हुने हो भने फेरि आउने सरकारहरूले बीचमा बार्गेनिङ गर्न सक्छन्,’ उनले भने, ‘नराम्रो संस्कार बस्छ र आउने सरकारहरूले आप्mनो दृष्टिकोणअनुसार बजेट ल्याउन सक्दैनन् ।’  बजेटलाई व्यवस्थित गर्न आगामी वर्षबाट फागुनमै बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने भनिएको छ । त्यसमा सघन रूपमा छलफल गर्नुपर्ने मैनाली बताउँछन् । अहिलेको बजेटका कुनै विषय पनि हेरफेर गर्न नहुने मैनालीले बताए ।  सरकारले गत जेठ १५ गते ल्याएको बजेटमार्पmत कम बजेटका विद्युतीय सवारीसाधन र दैनिक उपभोग्य वस्तु आलु, प्याजसम्ममा कर बढाएपछि ती वस्तु महँगिएका छन् । सामान्य भाषामा सांसद विकास कोष भनिने सांसदहरूको तजबिजीमा खर्च गर्ने गरी पैसा बाँड्ने कार्यक्रम पनि सरकारले संकटका बेला ब्यूँताएको भन्दै आलोचना भइरहेको छ ।  अर्थमन्त्रीले खर्च कटौतीमा जोड दिएको बताए पनि महँगी भत्ता, पदाधिकारीको इन्धन खर्च, बैठक भत्ताजस्ता शीर्षकमा ठूलो बजेट विनियोजन भएको छ । यसले गर्दा मन्त्री महतले ल्याएको बजेटमाथि प्रश्न उठ्दै आएको छ ।  अर्थ मन्त्रालय स्रोतका अनुसार अहिलेसम्म बजेट संशोधनको तयारी छैन । अहिलेसम्म कुनै बजेट पनि संशोधन नभएकाले यो पनि संशोधन गर्न नपर्ने अर्थका अधिकारीहरूको बुझाइ छ । तर, आइतवार पनि सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिए । गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी र सांसदले यथास्थितिको बजेटमा समर्थन गर्न नसक्ने स्पष्ट पारे । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको पनि बताए ।  अर्थमन्त्री महतले सत्ता गठबन्धनका मन्त्रीहरूका परियोजना सूचीलाई बेवास्ता गरेपछि सत्ता गठबन्धनमा खटपट आएको हो । त्यसलाई मत्थर पार्न प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरे पनि खासै नतिजा निस्कन सकेको छैन । त्यस्ता छलफलमा अरू विमति रहे पनि बजेटमा भाँजो नहाल्न सत्ता साझेदार दलहरूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । तर, सत्ता साझेदार दलका शीर्ष नेताहरू खुलेरै बजेटको विरोधमा उत्रँदा सामना गर्न सरकारलाई गाह्रो परिरहेको छ । संसद्मा बजेटमाथिको छलफलमा अर्को सत्ता साझेदार जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेशविरोधी बजेट आएको भन्दै सरकारको आलोचना गरेका थिए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले डँडेलधुरा, गोरखा र नुवाकोटकेन्द्रित बजेट भनेर चर्काे आलोचना गरेका छन् । बजेट संशोधन नगरे सरकार ढल्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चासमेत बजेटको विपक्षमा उभिएका छन् । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशबाहेक संघीय र अन्य प्रदेशको बजेटको विरोधमा खुलेर लाग्न निर्देशन दिएका छन् ।

पाठ्यक्रममै सरसफाइ विषय राख्नुपर्ने विज्ञ शर्माको सुझाव

“हाम्रै नेपाली जनशक्तिले हो विदेशमा गएर सरसफाइको काम गर्ने । विदेशी घरआँगन र संरचना कति सफा छन् ! त्यहाँ सामग्री छन्, प्रविधि छ र सफाइको काम प्राथमिकतामा छ । तर हाम्रो देशमा त्यस्तो सफा किन हुँदैन ? किन भने यहाँ यिनै वस्तुको खाँचो छ”, सरसफाइ क्षेत्रका अभियन्ता खेम शर्मा भन्नुहुन्छ । यही जनशक्तिले विदेशी संरचना …

बिहान खाली पेटमा ग्रीन टी पिउनु सही हो ? यस्तो भन्छन् विज्ञ

आजकाल स्वस्थ रहन र तौल घटाउन भन्दै धेरै मानिसहरु ग्रीन टी सेवन गर्छन् । अफिस, घर र कतिपटक त साथीहरुसँग आउटिङमा पनि मानिस ग्रीन टी पिउने गर्छन् । डाइटिसियन तथा विज्ञ ग्रीन टी पिउँदा बडी डिटक्स हुने मान्यता राख्छन् । यद्यपि, धेरैलाई ग्रीन टी कहिले पिउने भनेर थाहा नै हुँदैन । कोहीले ग्रीन टी सुत्नुभन्दा अघि खानुपर्छ भन्छन् । कोहीले पनि ग्रीन टीलाई साधारण चियाको सट्टामा प्रयोग गर्न सकिने पनि बताउँछन् र दिनमा २ वा ३ कप पिउन सकिन्छ समेत भन्छन् ।बिहान खाली पेटमा ग्रीन टी पिउनु सही हो ?धेरैलाई ग्रीन टी

प्रधानन्यायाधीश र न्यायाधीशबीच विवाद : पेशी तोकिन्छ, सुनुवाइ हुँदैन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरूको विवादले सर्वोच्च अदालतको काम प्रभावित बनेको छ। प्रधानन्यायाधीशले तोकेको पेशी न्यायाधीशहरूले बहिष्कार गरेपछि मुद्दाको सुनुवाइ प्रभावित बनेको हो। मंगलबार प्रधानन्यायाधीश जबराले १५ जना न्यायाधीशलाई ८ वटा इजलास तोकेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। प्रधानन्यायाधीशले सुनुवाइका लागि २ सय १६ मुद्दाको पेसी तोकेका उनको भनाइ छ। तर, प्रधानन्यायाधीश जबराले आफूलाई कुनै पेशी राखेको छैनन्।&

बाँदरलाई अलमल्याउन वनमै फलफूल खेती, विज्ञ भन्छन्, यसरी बाँदर नियन्त्रण हुँदैन’

गोरखा – बाँदर नियन्त्रणका लागि गोरखाका सामुदायिक वनले जङ्गलमा वनजन्य फलफूल खेती गरेका छन् । डिभिजन वन कार्यालयको सहयोगमा पाँच वटा सामुदायिक वनले फलफूलका बिरुवा रोपेका हुन् । प्रदेश सरकारको ‘फ्रुट फरेस्ट्री मोडल’ कार्यक्रमअन्तर्गत अन्र्तगत गोरखाका पाँच वटा सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो ।धार्चे गाउँपालिका ५ को गुम्गाङ सामुदायिक वन, बारपाक सुलिकोट गाउँपालिका ६ को सिर्जना सामुदायिक वन, पालुङटार नगरपालिका ९ को दरौँदीडाँड...

भिजेको धानलाई कसरी सुरक्षित बनाउने ?

काठमाण्डाै - झरीले भिजेको धानलाई सुरक्षित बनाउन विभिन्न उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् । धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार सबैभन्दा पहिले भिजेको धानलाई हलुकासँग उठाएर सुक्खा ठाउँमा राख्नुपर्छ । उम्रेर नोक्सान हुनबाट जोगाउनका लागि धेरै चिसो वा धेरै तातो ठाउँमा राख्न हुँदैन । नकाटेको धान ढलेको भए पानी तर्क्याउने र पानी सबै सुकेपछि मात्र काट्न उहाँले सुझाव दिनुभएको छ ।   यस्तै झार्न सम्भव भएको ठाउँमा धान चिसै भए पनि झारेर ओभानो ठाउँमा लगेर राख्नु पर्छ । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्नु हुँदैन ...

कस्ता च्याउ खाने, कस्ता नखाने? यसो भन्छन् विज्ञ

काठमाडौं : यतिबेला वर्षातको समय छ। घर वरपर विभिन्न थरीका च्याउ उम्रेका छन्।  ती च्याउ धेरै विषालु हुन्छन्। ती च्याउ नचिनी खाएर कतिपयको ज्यान अकालमै जाने गरेको छ। वरिष्ठ च्याउ विज्ञ एंव नाष्टका सचिव डा. महेशकुमार अधिकारीका अनुसार गाउँघरमा यी च्याउबारे उखान छ। तर, सत्यता छैन जस्तो :-कुनै पनि च्याउ चाँदीको चम्चाले चलाउँदैमा कालो हुँदैन-टिमुरले विषालु च्याउको विष मार्दैन वरिष्ठ च्याउ विज्ञ डा.अधिकारीका अनुसारकस्ता च्याउ नखाने?-दूध आउने च्याउ खान हुँदैन-गोबरमा उम्रिने च्

अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन ढिला भए पनि समस्या हुँदैन : विज्ञ

काठमाण्डाै – अस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा खोप लगाउँदा पनि त्यसले प्रभावकारी काम गर्ने त्यो खोप उत्पादनमा संलग्न एक जना विज्ञले बताउनुभएको छ । अक्सफाेर्ड/आस्ट्राजेनेका खोप विकासमा संलग्न अक्सफाेर्ड खोप समूहका निर्देशक प्राध्यापक एन्ड्रयु पोलार्डले बीबीसीसँगको कुराकानीमा खोपको दोस्रो मात्रा पाउन ढिलाइ हुँदा पनि कोरोना भाइरस प्रतिरोधी प्रणाली झ्वाट्टै कमजोर नहुने बताउनुभएको छ । उहाँले ढिला गरी खोप लगाउँदा प्रतिरोधी प्रणाली अझै दिगो बन्नेसमेत बताउनुभए...