गोरखा – बाँदर नियन्त्रणका लागि गोरखाका सामुदायिक वनले जङ्गलमा वनजन्य फलफूल खेती गरेका छन् । डिभिजन वन कार्यालयको सहयोगमा पाँच वटा सामुदायिक वनले फलफूलका बिरुवा रोपेका हुन् । प्रदेश सरकारको ‘फ्रुट फरेस्ट्री मोडल’ कार्यक्रमअन्तर्गत अन्र्तगत गोरखाका पाँच वटा सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो ।धार्चे गाउँपालिका ५ को गुम्गाङ सामुदायिक वन, बारपाक सुलिकोट गाउँपालिका ६ को सिर्जना सामुदायिक वन, पालुङटार नगरपालिका ९ को दरौँदीडाँड...