काठमाण्डाै - झरीले भिजेको धानलाई सुरक्षित बनाउन विभिन्न उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् ।
धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार सबैभन्दा पहिले भिजेको धानलाई हलुकासँग उठाएर सुक्खा ठाउँमा राख्नुपर्छ । उम्रेर नोक्सान हुनबाट जोगाउनका लागि धेरै चिसो वा धेरै तातो ठाउँमा राख्न हुँदैन । नकाटेको धान ढलेको भए पानी तर्क्याउने र पानी सबै सुकेपछि मात्र काट्न उहाँले सुझाव दिनुभएको छ ।
यस्तै झार्न सम्भव भएको ठाउँमा धान चिसै भए पनि झारेर ओभानो ठाउँमा लगेर राख्नु पर्छ । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्नु हुँदैन ...