काठमाण्डाै - अहिलेको समयमा जङ्गलमा च्याउ उम्रिने समय हो । बर्खा लाग्दै गर्दा जङ्गल र खेतबारी तथा कान्ला, पाखामा प्रशस्तै च्याउ भेटिन्छ । गाउँघरमा यतिबेला हरियो तरकारीको अभाव हुने भएकाले यस्ता च्याउ खोजेर बिहान बेलुकाको छाक टार्ने पनि गरिन्छ । तर, विज्ञ भने यस्ता च्याउ खाँदै नखान सुझाव दिन्छन् ।
‘जङ्गलमा धेरै खालका च्याउ पाइन्छन्, केही खान योग्य पनि हुन्छन् । तर कुन विषालु हुन्छ र कुन हुँदैन भनेर छुट्याउन गाह्राे हुन्छ । त्यसैले सकेसम्म यस्ता च्याउ खाँदै नखाउ’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाक...