म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा निर्माणाधीन २० वटा ठूला विकास निर्माणका योजना अलपत्र छन्।संघीय र प्रदेश सरकारका यी योजनाहरू निर्माण व्यवसायीलाई राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनले संरक्षण गर्दा अलपत्र परेको स्थानीयको गुनासो छ।अलपत्र परेका योजनामा सडक, पुल, भवनलगायत आयोजना रहेका छन्। म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका ९ वटा सडक र पुलसम्बन्धी आयोजना अलपत्र परेका हुन्।पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका ६ वटा सडक र ५ वटा पुल अलपत्र छन्। यसैगरी १५ वट