अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफए) ले रुसी राष्ट्रिय फुटबल टिम र क्लबलाई सोमबार अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि रुसी आक्रमणको विरोधमा विश्व फुटबलका यी दुई ठूला संस्थाले अनिश्चित समयका लागि रुसमाथि प्रतिबन्धको निर्णय गरेको हो ।