स्कटल्यान्डलाई हराउँदै युक्रेन फिफा विश्व कप छनोटको प्ले अफ फाइनलमा

काठमाण्डाै - युक्रेन फिफा विश्व कप छनोटको प्ले अफमा फाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्ले अफ फाइनलमा वेल्ससँग खेल्नेछ । विजेता टोली कतार विश्व कपमा पुग्नेछ । युक्रेनका लागि खेलको ३३ औँ मिनेटमा एन्ड्री यार्मोलेन्को, ४९ औँ मिनेटमा रोमन यारेम्चुक र इन्जुरी समयमा आर्टिम डोभयकले गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले खेलको ७९ औँ मिनेटमा एक गोल फर्काए । रुस–युक्रेन युद्धका कारण यो खेल सरेको थियो । &...

सम्बन्धित सामग्री

विश्व कप फुटबल छनोट : स्कटल्यान्ड र युक्रेनबीचको खेल जुन १ मा हुने

काठमाण्डाै - फिफा विश्व कप छनोट अन्तर्गत युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल आउँदो जुन एक तारिखमा हुने भएको छ । युक्रेन र स्कटल्यान्डबीचको स्थगित खेल जुन एकमा हुने तय भएको हो । यसअघि युक्रेन र स्कटल्यान्डबीचको यो खेल मार्च २४ तारिखमा हुने तालिका थियो । तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो  । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेलको विजेताले वेल्ससँग जुन ४ तारिखमा खेल्ने तालिका छ । विजेता टोलीले कतारमा हुने विश्व कप फुटबलमा स्थान बनाउने छ ।

विश्व कप छनोट : क्यानडाले एल साल्भाडोर र अमेरिकाले होन्डुरसलाई हरायो

काठमाण्डाै - कतारमा हुने फिफा विश्व कप फुटबल छनोट खेलमा क्यानडाले एल साल्भाडोरलाई हराएको छ । कोन्काफ छनोटको प्ले अफ अन्तर्गत आज बिहान भएको खेलमा क्यानडाले एल साल्भाडोरलाई २–० गोलले हराएको हो । क्यानडाका एटिबा हचिन्सन र जोनाथन डेभिडले एक/एक गोल गरे । जितसँगै क्यानडा विश्व कप छनाेटको नजिक पुगेको छ । छनोटको शीर्ष स्थानमा रहेको क्यानडाले ११ खेलमा २५ अङ्क जोडेको छ । एल साल्भाडोर ९ अङ्कका साथ छैटौँ स्थानमा छ । यस्तै अर्को खेलमा अमेरिकाले होन्डुरसलाई हराएको छ । अमेरिकाले होन्डुरसलाई ३–० गोलले ...