काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई प्रतिबन्ध लगाएको छ । त्यस्तै युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पनि रुसलाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको जनाएको छ।रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसलाई सबै खालका प्रतियोगिताबाट निलम्बन गरेका हुन् । फिफाको निलम्बन सँगै रुसले मार्च २९ मा पोल्यान्डसँग हुने विश्व कप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न नपाउने भएको छ।यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ ।तस्बिर : गेटी इमेजेज