हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ । जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको हो । उक्त विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । यहाँ एक सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीमा दिनहुँ ज्वरो आउने, वान्ता आउने, टाउको दुःख्ने, छाती दुःख्ने, श्वास फेर्न गाह्रो हुने, एक्कासी ढल्ने, रुने, कराउने जस्ता लक्षण देखापरेपछि विद्यालय व्यवस्थापन समितिको आपतकालीन बैठकले विद्यालय बन्द गर्