निर्वाचन आयोगले कल सेन्टर स्थापना गर्ने भएको छ । आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिने उद्धेश्यले आयोगले ११०२ नम्बर खुला गर्ने तयारी गरेको हो । कल सेन्टर स्थापनाका लागि काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले सो नम्बरमा फोन गरेर आगामी चुनावका बारेमा जिज्ञासा तथा प्रश्न सोध्न सकिने बताए । कल सेन्टरमा ६ वटा डेस्क राखिने र एकैपटक १५ वटा फोन उठाउन सकिने ब्यवस्था गर्न लागिएको छ ।कल सेन्टरको नम्बरमा फोन गरेर मतदाता तथा राजनीतिक दलका नेता÷कार्