सरकारले ल्यायो वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका

काठमाडौँ । गत माघ ९ गते चितवनको भरतपुरमा निमार्णाधिन सडकको नालीमा परेर दुलर्भ एकसिङ्गे गैंडा मर्‍यो । सडक विस्तारको क्रममा पुर्‍याउनुपर्ने आवश्यक मापदण्ड एवम् प्रक्रियामा लापरवाही गरिँदा नेपालको शानका रूपमा रहेका गैंडाले अकालमा ज्यान गुमाउनु पर्‍यो । गैंडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्कन नसक्दा अकालमा ज्यान गुमाउनु परेको थियो । पशु अधिकारकर्मीले लापरवाहीपूर्ण तरिकाले गरिने निर्माणका कारण पटकपटक यस्ता घटना दोहोरिएको भन्दै आपत्ति जनाएका थिए । वन्यजन्तुको ओहोरदोहोर हुने मुख्य वन क्षेत्रमा हुने कुनै पनि भौतिक निर्माण वन्यजन्तुमैत्री हुनुपर्ने माग उठ्दै आएको छ । गैंडाको मृत्युपछि दोषीलाई कारवाही हुनुपर्ने माग उठेको थियो । सरकारले गैंडा मृत्युका सम्बन्धमा छानबिन समिति पनि बनायो । निर्माणाधिन गोन्द्राङ–पुलचोक सडकखण्डमा भएको उक्त दुर्घटनाका सम्बन्धमा छानबिनका लागि वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले माघ २३ गते प्रतिवेदन बुझाइसकेको छ । अकालमा गैंडा मरेपछि चौतर्फीरूपमा सरकारलाई दबाव पर्‍यो । सोही दबावका कारण अब निर्माण हुने कुनै पनि भौतिक संरचना थप वन्यजन्तुमैत्री हुनुपर्ने निष्कर्षका साथ एक निर्देशिका जारी भएको छ । वन तथा वातारण मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको हो । सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिकामा पूर्वाधार निर्माण गर्दा आइपर्ने जोखिमको न्युनीकरण एवम् वन्यजन्तुमैत्री हुनुपर्ने उल्लेख गरेको छ । रासस

सम्बन्धित सामग्री

निकुञ्ज तथा आरक्ष क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सरकार सकारात्मक

काठमाडौं– वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न सरकारका सकारात्मक रहेको बताएका छन् राष्ट्रियसभाको आजको बैठकमा ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले निकुञ्ज र आरक्षभित्रका अति संवेदनशील क्षेत्रबाहेक अन्य स्थानमा […]

‘वन्यजन्तुमैत्री पूर्वाधार नहुँदा लोपोन्मुख वन्यजन्तु मरे’ - BBC News नेपाली

सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका बनाए पनि त्यसको पूर्ण पालना हुन नसकेको विज्ञ बताउँछन्।

पूर्वाधारहरूमा वन्यजन्तुलाई ‘अन्डरपास’ र ‘ओभरपास’ अनिवार्य

९ वैशाख, काठमाडौं । अब निकुञ्ज, आरक्ष र वन क्षेत्रभित्र वन्यजन्तुको आवागनमा अवरोध नपुग्ने गरी पूर्वाधार बनाउनुपर्ने भएको छ । सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाएको हो । सडक, रेलमार्ग, नहर, नदी नियन्त्रण, बाँध, तटबन्धन, ग्याँस तथा तेल, जलविद्युत्,  पाइपलाइन, सिंचाइ, पेनस्टक पाइप, प्रसारणलाइन […]

वन्यजन्तुमैत्री पुल निर्माणका लागि डब्लुडब्लुएफसँग सम्झौता, ५० लाख लगानी गर्दै

काठमाडौं। वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका २०२२ लाई कार्यान्वयन गर्ने पहल अन्तर्गत बबई सिँचाइ नहर, वसन्तखाता करिडोर, बर्दियामा वन्यजन्तु क्रसिङ

पूर्वाधार निर्माणमा दुर्लभ वन्यजन्तु मासिन थालेपछि नयाँ निर्देशिका

पूर्वाधारका योजना निर्माणक्रममा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । विशेषगरी निकुञ्ज, आरक्ष तथा जैविक मार्गछेउछाउमा सडक, नहर तथा जलविद्युत्जस्ता भौतिक पूर्वाधारका संरचना निर्माणक्रममा वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले यो निर्देशिका जारी गरेको हो । गत महिना चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा सडक निर्माणका लागि बनाइएको खाडलमा परेर एकसिङे बयस्क गैँडा मरेपछि सरकारले यो निर्देशिका ल्याएको हो ।यसअघि

वन्यजन्तु विनास रोक्न निर्देशिका

मन्त्रिपरिषद्ले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धी निर्देशिका बनाउन स्वीकृत गर्ने निर्णय गरेसँगै पूर्वाधारका कारण वन्यजन्तुको क्षति नहुने विश्वास लिइएको छ । संरक्षित क्षेत्र आसपासमा बनेका अव्यवस्थित पूर्वाधारका कारण विश्वमा नै लोपोन्मुख बन्दै गइरहको वन्यजन्तुको विनास हुने, दुर्घटनाबाट क्षति बढ्दै जान थालेपछि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका बनाइएको हो ।निर्देशिका कार्यान्वयन भएपछि वन्यजन्तु संरक्षण गर्न, वन्यजन्तुको बासस्थानको संरक्षण, आवतजावतमा […]

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ: वनमन्त्री यादव

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताएका छन्।...

वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण पद्धतीलाई तत्काल संस्थागत गर्न माग गरिएको छ । नेपाल वातावरण पत्रकार समुह (नेफेज)ले यस मुद्दा वा समस्यालाई सम्बोधन गर्ने गरी सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्ने उद्देश्यले गरेको स्थलगत अध्ययन वन्यजन्तुमैत्री पूर्वाधार निर्माणलाई तत्काल संस्थागत गर्न सुझाव दिएको हो ।पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गको अमलेखगञ्ज खण्डमा शनिबार गाडीको ठक्करबाट विश्वकै दूर्लभ पाटेबाघ […]

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण पद्धतिलाई तत्काल संस्थागत गर: अध्ययन रिपोर्ट

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण पद्धतिलाई तत्काल संस्थागत गर: अध्ययन रिपोर्ट Exclusive

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न नेफेजको सुझाव

१९ पुस, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न सरोकार पक्षलाई सुझाव दिएको छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा केही काम भएपनि पर्याप्त नभएको भन्दै नेफेजले अझ स्तरीय र प्रभावकारी पूर्वधार निर्माणमा जोड दिएको छ । नेफेजले भनेको छ, ‘अहिले पनि धेरै त्यस्ता स्थानहरु छन जहाँ वन्यजन्तु सजिलै र स्वतन्त्र रुपमा […]