महिलाहरुको प्रयासमा घरघरमा धारा

डीबी विष्ट बझाङ । वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका बझाङको छविसपाथिभेरा गाँउपालिका खोरीमा घरघरमा खानेपानीका धारा जडान भएपछि गाँउमा खुसीयाली छाएको छ । गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउँदै आएका स्थानीयका घरघरमा सफा पानीको धारा जडान भएपछि उनीहरुको जीवन शैलीमै परिवर्तन आउने भएको छ । जिल्लाको छविसपाथिभेरा गाँउपालिका वडा ७ खोरीका महिलाहरु एक जुट […]

सम्बन्धित सामग्री

इच्छाकामनाको चेपाङ बस्तीका घरघरमा धारा

१८ मङ्सिर, भरतपुर (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे । यहाँ अधिकांश चेपाङ समुदायको बसोबास छ । अध्यक्ष गुरुङले अब चेपाङ बस्तीमा ‘एक घर एक धारा’ निर्माण हुने बताए । उनले गाउँपालिकाले […]

रुगाबासीको घरघरमा धारा

मुगु– सदियौंदेखि नदीको पानी खाँदै आएका मुगुको छायाँनाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँका नागरिकको घरघरमा एक घर एक धारा जडान भएको छ । स्थानीय सरकारबाट निर्माणकार्य सम्पन्न भई घरघरमा खानेपानीका धारा पाएपछि स्थानीय खुसी हुनुका साथैं सदियौंदेखि नदीको पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ । यो बस्ती सुरु हुँदादेखि नै नदीको फोहोर पानी खाँदै आएका रुगाबासीको […]

घरघरमा धारा बनेपछि खुसी

चौतारा, १ जेठ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग छिन्। एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी छिन् । मैयाले भनिन्, “घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ अहिले हाइसञ्चो भएको छ ।” पाल्चोक खानेपानी आयोजनाले झन्डै […]

घरघरमा धारा पुगेपछि ढुंग्रेका स्थानीय खुशी

चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुंग्रेका बासिन्दा खुशी भएका छन् । पुस्तौंदेखि खानेपानी जोहो गर्न घण्टौं टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुशी भएका हुन् ।  ढुंग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौंदेखि रहेको खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यवाद दिए । पुस्तौंदेखि घण्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेका यहाँका बासिन्दाले स्थानीय सरकार आएसँगै घरघरमा धारा आउँदा आफूहरु खुशी भएको बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था थियो ।   उनले भने, ‘एक गाग्री पानी लिन घण्टौं लगाएर धाउनु पर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो पानीको धारा घरघरमा आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’ वर्षौदेखि आफूहरूले पहल गरिरहेपनि स्थानीय सरकार आएसँगै पूरा भएको उनको भनाइ छ । गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ८० घरधुरी रहेका  छन् । सो आयोजनाबाट ५१६ जना जनसंख्या लाभान्वित भएका छन् । सो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा बचत भएको उनले  बताए ।  गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो । उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र पारिएको बताइन् । गतवर्ष मात्र मोटरबाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि  तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसँगै व्यवसायिक खेतीतर्फ स्थानीयवासीलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेष गरी तरकारी तथा फलफूल खेतीका लागि उर्वर भूमि मानिन्छ । रासस

घरघरमा धारा पुगेपछि चितवनका स्थानीयवासी खुसी

घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् । ढुग्रे  गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए । पुस्तौँदेखी घण्टौँ लगाएर कुवाबाट पानी भरे

घरघरमा  धारा, स्थानीयवासी खुसी

घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६, ढङ्ग्रेका बासिन्दा खुसी भएका छन् ।

पूर्वखोलाका घरघरमा धारा

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकाभित्रका ग्रामीण क्षेत्रमा खानेपानीको सुविधा पुगेपछि गाउँलेले राहतको अनुभूति गरेका छन् । गाउँपालिकाले खानेपानी नभएका दुर्गमदेखि सुगमका ग्रामीण क्षेत्रमा पछिल्लो समय खानेपानीको सुविधा पुर्याएपछि यहाँ एक ग्रागो पानीका लागि घण्टौं उकालोओरालो बाटो हिड्नुपर्ने बाध्यता हट्दै गएको छ । त्यसो त खानेपानी सुविधाले गर्दा पहाडी भेगबाट खानेपानीकै समस्याका कारण तराई क्षेत्रमा बसार्इं […]

घर-घरमा धारा पुगेपछि खुसीले दंग छन् सिर्पाबासी

सल्यान : जिल्लाको बागचौर नगरपालिका–५ सिर्पाका घर घरमा खानेपानीका धारा पुगेसँगै यहाँका स्थानीय खुसीले दंग बनेका छन्।अव्यवस्थित रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गरिएको सिर्पा खानेपानी तथा जलवायु अनुकूलन कार्यक्रममा अध्यक्ष शेरबहादुर वलीले बताए।अव्यवस्थित सामुदायिक खानेपानीका धारा रहेको  क्षेत्रमा घर घरमै धारा जडान भएपछि स्थानीयमा खुसियाली छाएको उनको भनाइ छ ।घरघरमा धारा आएपछि सामुदायिक धारामा पानी भर्न लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउने

कञ्चनरूपमा दुई वर्षमा घरघरमा धारा

सप्तरी- सप्तरीको कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौंको सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ ।नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुरु भएको घोषणा गरे । लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको सर्वसुलभ व्यवस्था मिलाउन आयोजनाले सहयोग […]

कुमाख डाँडाकटेरीका घरघरमा धारा, स्थानीय हर्षित

सल्यान : घरघरमा खानेपानीको धारा आएपछि कुमाख गाउँपालिका–२ डाँडाकटेरीका स्थानीयवासीमा खुशीयाली छाएको छ। उनीहरुको आघा घण्टाको बाटोमा हिँडेर पानी बोक्नुपर्ने बाध्यता पनि हटेको छ।घर घरमा धारा आएपछि विगतमा पानी बोक्दाको पीडा अहिले दूर भएको  ६० वर्षीया टिकादेवी चन्द बताउँछिन्। ‘६० वर्षको उमेरपछि घरमै धारा देख्न पाइयो,’ उनले भनिन्, ‘पानी बोक्दाबोक्दा ढाडको छाला बाक्लो भइसकेको थियो। अहिले खुशी लागेको छ।’घर घरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीलाई भएको स्थानीय ४५ व