सल्यान : घरघरमा खानेपानीको धारा आएपछि कुमाख गाउँपालिका–२ डाँडाकटेरीका स्थानीयवासीमा खुशीयाली छाएको छ। उनीहरुको आघा घण्टाको बाटोमा हिँडेर पानी बोक्नुपर्ने बाध्यता पनि हटेको छ।घर घरमा धारा आएपछि विगतमा पानी बोक्दाको पीडा अहिले दूर भएको ६० वर्षीया टिकादेवी चन्द बताउँछिन्। ‘६० वर्षको उमेरपछि घरमै धारा देख्न पाइयो,’ उनले भनिन्, ‘पानी बोक्दाबोक्दा ढाडको छाला बाक्लो भइसकेको थियो। अहिले खुशी लागेको छ।’घर घरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीलाई भएको स्थानीय ४५ व