चितवन : एक करोड रुपैयाँ भन्दा बढी सरकारी रकम हिनामिना गर्ने मालपोत कार्यालय चितवनका तत्कालिन लेखा अधिकृत रिठ्ठे दर्जीलाई अदालतले थुनामा पठाएको छ।भरतपुर महानगरपालिका– ११ का ५८ वर्षीय दर्जी भनिने रिठ्ठे परियारलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ। परियारले मालपोत कार्यालयमा आर्थिक वर्ष ०७३-७४ र ०७४-७५ मा लेखा अधिकृत पदमा रहँदा एक करोड १७ लाख २४ हजार पाँच सय ३८ रुपैयाँ राजश्व रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गरेको थियो।परियारले कार्या