बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङ का सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा दिवाकर भट्टको इजलासले बिहिबार सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सहकारीले रु एक …