जितेन्द्रबहादुर चन्दले औपचारिक रूपमै नेपाल भलिबल संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भलिबल संघको निर्वाचन बुधबार हुँदै छ । १० वर्षदेखि संघमा महासचिव रहँदै आएका चन्द अध्यक्षका प्रत्याशी हुने जनाए पनि आइतबार ठूलो हूलसहित आधिकारिक घोषणा गरेका हुन् । संघकी उपाध्यक्ष निरोज मास्केले गत महिनै उपाध्यक्ष घोषणा गरेकी थिइन् । उनको समूहबाट मनवीर छन्त्याल महासचिवमा उठ्ने पक्का भइसकेको छ । चन्द समूहबाट रोशन श्रेष्ठले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।