बाँकेका दुई पालिकाको अध्यक्षमा महिलाको उम्मेदवारी

नेपालगञ्ज – बाँकेका आठवटा पालिकामध्येमा दुईवटामा महिलाले प्रमुखमा उम्मेदवारी दिएका छन्। नरैनापुर र डुडुवा गाउँपालिकामा एमालेले महिलालाई अध्यक्षमा उठाएको हाे। नरैनापुरमा पदमावती यादवले अध्यक्षमा उम्मेदवारी दिएकी हुन्। पदमावत नेकपा एमालेका केन्द्रीय सदस्य स्व. दिनेशचन्द्र यादवकी श्रीमती हुन्। डुडुवा गाउँपालिकाको अध्यक्षमा सरोजकुमारी यादवको उम्मेदवारी परेको छ। सरोजकुमारी प्रदेश सांसद विजय यादवकी श्रीमती हुन्। नरैनापुर र डुडुवामा […]

सम्बन्धित सामग्री

खोटाङमा पहिलो पटक दुईजना महिला पालिका प्रमुख निर्वाचित

खोटाङ-खोटाङले पहिलो पटक पालिकामा महिला नेतृत्व पाएको छ । स्थानीय तह निर्वाचन २०७९ मार्फत जिल्लाका दुई पालिकामा महिला प्रमुख निर्वाचित भएका हुन् ।चार पालिकाको प्रमुखमा महिलाको उम्मेदवारी रहेकोमा दुईजनाले जितेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी […]

तनहुँका स्थानीय तहको प्रमुखमा महिला शून्य

तनहुँ : जिल्लाका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ।२०७४ सालको स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भइन्। अघिल्लो स्थानीय तहमा एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी मायादेवी राना यो पटक म्याग्दे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन्। १० पालिकामध्ये म्याग्देमा मात्रै प्रमुखमा महिलाको  उम्मेदवारी परेको थि

बगनासकाली गाउँपालिकाले महिला प्रमुख पाउने सुनिश्चित

पाल्पा । पाल्पाकाे बगनासकाली गाउँपालिकाले महिला प्रमुख पाउने सुनिश्चित भएकाे छ । पालिका प्रमुखदेखि वडा अध्यक्षसम्म महिलाको उम्मेदवारी अत्यन्तै कम परिरहेको समयमा पाल्पाको बगनासकाली गाउँपालिकाले भने यस पटक स्थानीयतह निर्वाचन २०७९ बाट महिला प्रमुख पाउने सुनिश्चित भएको हाे । पाल्पामा पहिलो पटक पालिकाको नेतृत्व महिलाले गर्ने भएका छन । नेकपा एमाले पाल्पाले बगनासकाली गाउँपालिकामा निवर्तमान […]

पालिका हाँक्न खोटाङमा पाँच महिलाको उम्मेदवारी

खोटाङ-यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्व घट्ने विश्लेषण भइरहेका बेला खोटाङमा भने पाँच जना महिला पालिका प्रमुखको उम्मेदवार बनेका छन् । निर्वाचन आयोगले नै दलहरूलाई महिलाको सम्मानजनक उपस्थितिका लागि आग्रह गरिएको भए पनि गत निर्वाचनमा भन्दा यस निर्वाचनमा महिलाको प्रतिनिधित्व घट्ने जनाइसकेको छ ।यही बेला खोटाङका चार पालिकाको प्रमुख हाँक्न पाँच […]