एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले रातोपाटीलाई जानकारी दिए । ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनले रातोपाटीसँग भने । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ । चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपा