केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

सम्बन्धित सामग्री

चित्रबहादुर केसीद्वारा उम्मेदवारी दर्ता

बाग्लुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा सदस्यका लागि बाग्लुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष केसीले बाग्लुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज आइतवार दिउँसाे उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न उहाँ शनिवार नै बाग्लुङ आइपुग्नुभएको थियो । सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तावक र लक्ष्मी बाँस्कोटा समर्थक हुनुहुन्छ । उहाँले पाँच दलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिनुभएको हो । उहाँसँगै प्रमुख प्रतिप...

देउवाविरुद्ध कर्णबहादुर मल्लको उम्मेदवारी दर्ता

डडेल्धुरा :  प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपाध्यक्ष मल्लले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन्।मल्लको समर्थकमा रोहित देउवा र प्रस्तावक कृष्णदत्त जोशी रहेका छन्। मल्ल कांग्रेसका पूर्व जिल्ला सभापतिसमेत हुन्। प्रधानमन्त्री देउवाले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।

काठमाडौँको मेयरमा जोशीको पहिलो उम्मेदवारी दर्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँ महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

निधिले सभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।उनले शनिबार राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। निधिले सभापतिमा मनोनयन दर्ता गराएपनि टीम भने बनाएका छैनन्।सभापति पदमा कल्याण गुरुङ, युवराज न्यौपाने, डा. शेखर कोइराला तथा प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो कार्यालको सभापतिका लागि देउवाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुजाता कोइरालाले गरिन् उपसभापतिका लागि उम्मेदवारी दर्ता

काँग्रेस नेत्री सुजाता कोइरालाले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् । नेत्री कोइरालाले केही बेरअघि उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।कोइराला आजै प्रकाशमान सिंहको प्यानलमा खुलेकी थिइन् । कोइरालाले उम्मेदवारी दर्ता गर्नुअघि सिंहले पनि सभापतिको पदका लागि उम्मेदवारी दर्ता गरेका थिए । उनीहरु बाजागाजासहित उम्मेदवारी दर्ता गर्न महाधिवेशनस्थलमा पुगेका थिए ।

काँग्रेस सभापतिमा गुरुङले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । गुरुङ केन्द्रीय सदस्य हुन् ।

कल्याण गुरुङद्वारा सभापति पदमा उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले १० बजेर ४५ मिनेटमा जाँदा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘परिवर्तन न्याय र समानताका लागि मैले उम्मेदवारी दर्ता गरेका हुँ । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो ।’ हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । कुनै पनि हालतम

भीम रावलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै  एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

फिलिपिन्सका राष्ट्रपतिद्वारा सिनेटरका लागि उम्मेदवारी दर्ता

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सोमबार सिनेटरका लागि उम्मेदवारी दर्ता गराएका छन् । आगामी सन् २०२२ को मे महिनामा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आवश्यक पर्ने कागजपत्रहरु उनले सोमबार पेस गरेका हुन् । राष्ट्रपतिको कार्यकाल पूरा गरेर बहिर्गमनको चरणमा रहेका डुटेर्टेले आफ्ना वकिलहरु मार्फत उम्मेदवारी दर्ता गराएको जनाइएको छ । उम्मेदवारी दर्ता गराउन […]