काठमाडौँ– नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन नजिकिँदै गर्दा चुनावी माहोलको गतिविधि बढ्दो छ । आसन्न महाधिवेशनमा सरोज अधिकारीले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीले आज विभिन्न बिटमा काम गरिरहेका पत्रकारहरूसँगको छलफलको क्रममा उम्मेदवारी घोषणा गरेका हुन्। ‘मैले साथीहरुसँगको छलफलपछि पाएको प्रतिक्रिया र साथीहरूको मनस्थिति बुझेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ […]