काठमाडौं । अहिलेसम्मकै उच्च वायुप्रदुषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित हुन पुगको छ । वायु प्रदुषणका कारण भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द गर्नुपरेको त्रिभुवन विमानस्थलका प्रमुख देव चन्द्रलाल कर्णले रातोपाटीलाई जानकारी दिए । कर्णका अनुसार मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गरिएको हो । सो समयमा विमानस्थलबाट टेकअफ (उड्ने) अराइभल (आगमन) हुने दुबै तर्फका विमानहरुलाई आकाशमै होल्ड गराइएको थियो । जुन समयमा मलेसियाबाट नेपाल आउ