राजधानीका बिहीबार राति चलेको भयानक हुरी बतासका कारण हवाइ उडान प्रभावित बनेको छ । राति ९ देखि १० बजेको बीचमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा जहाज अवतरणका साथै उड्न सकेनन् भने जहाज लामो समय होल्ड हुँदा डाइभर्ट समेत भएका छन् ।नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मलेसियाबाट आएको हिमालयन एयरलाइन्सको विमान आकाशमै लामो समय होल्ड हुन पुग्यो भने अन्तिम समयमा भारतको वाराणसी डाइभर्ट गरियो । करिब १० बजेदेखि भने हुरी रोकिएकाले विमानस्थल पुनः सहज अवस्थामा सञ्चालनमा आउन समस्या न