भारी वर्षाका कारण सबै उडान प्रभावित

काठमाडौं । अविरल परेको अति भारी वर्षाका कारण देशभरका राष्ट्रिय हवाइ उडान प्रभावित भएका छन् । देशभरका सम्पूर्ण उडान प्रभावित बनेपनि अन्तर्राष्ट्रिय उडान भने भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । उनका अनुसार स्काइ दुबईको जहाज मौसमका कारण अवतरणमा समस्या भएपछि लखनउ डाइभर्ट गरिएको छ ।

सम्बन्धित सामग्री

वर्षाका कारण भरतपुरबाट एउटा मात्रै उडान

चितवन। प्रतिकूल मौसमका कारण बुधवार चितवनमा हवाई उडान प्रभावित भएको छ । भरतपुर विमानस्थलका अनुसार प्रतिकूल मौसमका कारण उडान प्रभावित बनेको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले बुधवार भरतपुरबाट एउटा मात्र उडान भएको जानकारी दिए । उनका अनुसार प्रतिकूल मौसमका कारण बिहान ८ बजे भरतपुरबाट बुद्ध एयरले काठमाडौंका लागि एउटा उडान भरे पनि बाँकी उडान हुन सकेन ।

अविरल वर्षाले हवाई उडान प्रभावित : केही डाइभर्ट, केही रद्द !

काठमाडौं । शनिवार (हिजो) रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तरराष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।  विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौं–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौं–पोखरा रुटका तीन ओ‌टा र बुद्ध एयरकै काठमाडौं–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ । रासस

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ । देशका विभिन्न ठाउँको हवाई सेवा आज प्रभावित भएको छ । अति वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्रै हवाई उडान भइरहेको स्रोतको भनाइ छ । अन्य विमानस्थल भने […]

वर्षाका कारण उडान प्रभावित

बुधवार बिहानैदेखि पानी परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरू सामान्य प्रभावित भएका छन् ।  बिहानका लागि उडान तय भएकोमा कतिपय उडानहरू ढिलाई भएको विमानस्थल स्रोतले बताएको छ । अविरल वर्षाका कारण पोखरा विमानस्थलमा उडान हुन सकेको छैन ।  बुद्ध एयरले भने अहिले पानी परिरहेकाले उडान नभएको जनाएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले अहिले उडान प्रभावित भएको बताए ।  बिहान साढे ६ बजेदेखि हाम्रो उडान हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन,' उनले भने ।

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

२ कात्तिक, काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहानका लागि निर्धारित लुक्लाका अधिकांश उडान रद्द भएका छन् । विराटनगर र जनकपुर विमानस्थल भर्खरै खुलेका छन् । झापाको भद्रपुर विमानस्थल र पोखरा विमानस्थल भर्खरै खुलेसँगै उडान शुरु भएको छ । उचाई चलचित्रको सुटिङमा […]

प्रतिकुल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

आइतबार बेलुकादेखि निरन्तर भएको वर्षाका कारण पोखराको हवाई उडानमा सोमबार र मंगलबारको हवाई उडान प्रभावित भएका छन् । प्रतिकुल मौसमका कारण सोमबार पूर्ण रुपमा हवाई उडान प्रभावित भएको थियो भने मंगलबार करिब २ः३० बजे पछि मौसम अनुकुल भएसँगै १६ मध्ये ४ वटा मात्र हवाई उडान भएको नागरिक उडड्यन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए […]

वर्षाले हवाई उडान प्रभावित, धेरै उडान रद्द

मौसम खराबीले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा प्रभावित भएको छ । वर्षाका कारण सोमबार दिनभर बन्द रहेको पोखरा विमानस्थल मंगलबार दिउँसो मात्र खुलेको छ ।...