मध्य एसियाली मुलुक कजाकस्तानमा चलेको हिंस्रक आन्दोलन वर्षौंदेखि जनतामा दबेर रहेको आक्रोश विस्फोट हुनुको परिणाम हो र यस प्रकरणमा भूराजनीतिक आयाम पनि जोडिएको छ ।
देशका विभिन्न भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त हुँदा आठजना सुरक्षाकर्मीको मृत्यु भएको र ३१७ जना घाइते भएको खबर सञ्चारमाध्यमहरूले दिएका छन् । कतिजना सर्वसाधारण मारिएको वा घाइते भएको भन्ने विवरण आउन बाँकी छ ।
गत जनवरी २ मा सरकारले ग्यास इन्धनको मूल्य बढाएको विरोधमा पश्चिमी भागमा रहेको शहर झानाओजेनमा प्रदर्शन शुरू भएको हो । उक्त प्रदर्शन देशव्यापी ...