काठमाडौं : नेपालमा स्वास्थ्यका केही सूचकमा उल्लेख्य सुधार आएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सार्वजनिक गरेको छैटौँ नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले स्वास्थ्यका केही प्रमुख सूचकमा उल्लेख्य सुधार आएको हो। विगत २५ वर्षयता मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणको परिणामले जोड दिएको छ।नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रारम्भिक विवरणअनुसार हाल नेपालका महिलाले औसतमा करिब दुई सन्तान जन्माउँछन्। विगत साढे दुई दशकमा नेपालमा प्रज