नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत उनको स्वास्थ्यमा आज उल्लेख्य सुधार भएको सचिवालयले जनाएको हो ।
उनको रगत परीक्षणको रिपोर्ट सहित स्वास्थ्यका सबै सूचकहरू सकारात्मक सहेको भन्दै सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार भेटघाट भने बन्द गरिएको जनाएको छ ।
स्वास्थ्यमा केही समस्या देखिएपछि उनी असोज १३ गते बेलुकादेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।