फोनपे र सिटिजन्स बैंकको साझेदारीमा नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड

सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नाम दिइएको यो सुविधा नेपालको आफ्नै कार्ड स्किम हो । यसमार्फत नेपालमा पहिलो पटक क्यूआर भुक्तानी र क्रेडिट कार्ड सेवालाई पूर्ण रूपमा भर्चुअल बनाइएको सिटिजन्स बैंकले जनाएको छ ।

सम्बन्धित सामग्री

फोनपे पेमेन्टको ‘डोमेस्टिक क्रेडिट कार्ड’ सुरु

फोनपे पेमेन्ट सर्झिस लिमिटेडले डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलसँगको सहकार्यमा फोनपे पेमेन्ट सर्भिस पूर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुआत गरेको हो ।

सिटिजन्सको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालनसम्बन्धी सम्झौता भएको हो । साथै बैंकका सीईओ पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन […]

१६ औं वार्षिकोत्सवमा सिटिजन्स बैंकका विभिन्न योजना

सिटिजन्स बैंक इन्टरनेसनलले १६औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले यहि वैशाख १ देखि ७ गतेसम्म बैंकका विभिन्न क्यास लेस कारोबारमा छुट र क्यासब्यक लगायतका योजनाहरु सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताले पीओएस मेसिन र अनलाइन मार्फत एक हजार वा सो […]

सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच छूट सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टबीच ग्राहकलाई छूट दिने सम्झौता गरिएको छ । दुवै संस्थाबीच सिटिजन्स बैंकको कार्ड प्रयोगकर्तालाई रिसोर्टमा १० प्रतिशत छूट दिने सम्झौता भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकको कार्डबाट पार्क सफारी रिसोर्टमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी दिएको छ । सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुनेछन् । बैंकले कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन ‘सिटिजन्स इन्स्ट्यान्ट कार्ड’ दिने समेत जानकारी दिएको छ । त्यस्तै मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधा पनि दिइएको बैंकले बताएको छ । बैंकले आगामी ७ वैशाखमा हुने वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ देखि वैशाख ७ गतेसम्म विभिन्न सेवामा छूट, क्यासब्याक लगायतको सुविधा दिने बताएको छ । उक्त अवधिमा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेशिन र अनलाइनमार्फत रू. १ हजारभन्दा बढीको कारोबार गर्दा रू. २०० क्यासब्याक पाउने बैंकको भनाइ छ ।

सिटिजन्स बैंक र पार्क सफारी बीच १० % छूट दिने सम्झौता

चैत २६, चितवन । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित पार्क सफारी रिसोर्ट बीच बैंकका कार्डबाहकहरुलाई १० प्रतिशत छूट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपछि कम्पनीका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवासुविधामा १० प्रतिशत छूट पाउने छन् । कम्पनीले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको छ । कम्पनीले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै, मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको जानकारी कम्पनीले दिएको छ । आगामी वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर कम्पनीले चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म एक महीनाको लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छूट र क्यास ब्याकलगायतका योजनाहरु पनि सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत डेबिट/ क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईनमार्पmत १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट २०० रुपैयाँ क्यासब्याक दिइने छ ।  साथै कम्पनीले  ५ लाख रुपैयाँसम्मको दूर्घटना बीमा तथा ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको बताएको  छ ।

सिटिजन्स बैंक–बर्दिवास जनसेवा अस्पताल सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र सर्लाहीको बर्दिवास जनसेवा अस्पतालबीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ । उक्त अस्पतालमा बैंकको कार्डमार्फत भुक्तानी गर्दा सेवाग्राहीलाई १० प्रतिशत छूट दिने सम्झौता भएको हो । मंगलवार भएको उक्त सम्झौताबाट ग्राहक वर्ग लाभान्वित हुने विश्वास बैंकको छ । बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी गर्न सक्ने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ । त्यस्तै प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले बताएको छ । कार्ड स्वाइप र अनलाइन बैंकिङमा पनि क्यासब्याक दिइने बैंकले बताएको छ । ‘योजना अन्तर्गत डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेशिन र अनलाइनमार्फत रू. १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट रू. २ सय क्यासब्याक दिइनेछ’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वार्षिकोत्सवमा सिटिजन्स बैंकको छुट

सिटिजन्स बैंक इन्टरनेसनलले १५औं वार्षिकोत्सवको उपलक्षमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।७ वैशखामा पर्ने १५औ वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले ७ चैतदेखि ७ वैशाखसम्म विभिन्न सेवामा छुट र क्यासब्यकलगायतका योजनाहरु सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताले पीओएस मेसिन र अनलाइनमार्पmत एक हजार वा बढीको कारोबार गर्दा एकमुष्ठ २०० क्यास ब्याक दिइने छ । […]

सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुट योजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । बैंकले यही चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरू सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले  पस मेसिन र अनलाइन मार्फत रु १००० वा बढीको कारोबार गर्दा एकमुष्ट रु २०० क्यासब्याक दिइने कम्पनीले जनाएको छ । यसै गरी पहिलो पटक क्युआर कोड मार्फत भुक्तानी

सिटिजन्स बैंकका ग्राहकले बन्दीपुर माउन्टेन रिसोर्टमा पाउनेछन् विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई तनहुँको बन्दीपुर स्थित बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट मिल्ने भएको छ ।बैंक र रिसोर्टबीच सो छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्ड वाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् ।