काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टबीच ग्राहकलाई छूट दिने सम्झौता गरिएको छ । दुवै संस्थाबीच सिटिजन्स बैंकको कार्ड प्रयोगकर्तालाई रिसोर्टमा १० प्रतिशत छूट दिने सम्झौता भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकको कार्डबाट पार्क सफारी रिसोर्टमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी दिएको छ ।
सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुनेछन् । बैंकले कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन ‘सिटिजन्स इन्स्ट्यान्ट कार्ड’ दिने समेत जानकारी दिएको छ । त्यस्तै मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधा पनि दिइएको बैंकले बताएको छ ।
बैंकले आगामी ७ वैशाखमा हुने वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ देखि वैशाख ७ गतेसम्म विभिन्न सेवामा छूट, क्यासब्याक लगायतको सुविधा दिने बताएको छ । उक्त अवधिमा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेशिन र अनलाइनमार्फत रू. १ हजारभन्दा बढीको कारोबार गर्दा रू. २०० क्यासब्याक पाउने बैंकको भनाइ छ ।