१६ औं वार्षिकोत्सवमा सिटिजन्स बैंकका विभिन्न योजना

सिटिजन्स बैंक इन्टरनेसनलले १६औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले यहि वैशाख १ देखि ७ गतेसम्म बैंकका विभिन्न क्यास लेस कारोबारमा छुट र क्यासब्यक लगायतका योजनाहरु सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताले पीओएस मेसिन र अनलाइन मार्फत एक हजार वा सो […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको वार्षिकोत्सवमा छूट योजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १६औं वार्षिकोत्सवको अवसरमा छूट योजना सार्वजनिक गरेको छ । बैंकले वैशाखको पहिलो सात दिनका लागि लागू् हुने गरी बैंकका विभिन्न क्यास लेस कारोबारमा छूट र क्यासब्याक लगायत योजना सार्वजनिक गरेको हो, जसअन्तर्गत डेबिट क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाईनमार्फत १ रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २०० सम्म क्यासब्याक पाउने बताइएको छ । यसैगरी क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकले पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जानकारी दिएको छ । योजना अवधिभरमा इ–कम कार्ड लिन चाहने ग्राहकलाई नि:शुल्क रूपमा उपलब्ध गराउने बैंकले बताएको छ । त्यसैगरि बैंकले योजना अवधिभर नि:शुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था समेत गरेको छ ।