खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणा–पत्र माग गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पत्राचार गर्दै लिखित सुझावका साथमा गत ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला जारी गरेको आ–आफ्नो घोषणा–पत्र उपलव्ध गराउन भनेको हो । दलका घोषणा–पत्रमा उल्लेखित कतिपय प्रतिवद्धता गाउँपालिकाको बजेट निर्माणका क्रममा