रङ्गशाला निर्माणका लागि कैदीबन्दीको सहयोग

कञ्चनपुर : चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि कञ्चनपुर कारागारका कैदीबन्दीले आर्थिक सहयोग गरेका छन्।सिदा खर्च वाफत पाइने रकम जम्मा गरी कैदी बन्दीले ११ हजार पाँच सय रुपैयाँ रङगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनका संचालक सीताराम कट्टेल (धुर्मुस) लगायतको टोलीलाई हस्तान्त्रण गरेका हुन्।यस्तै झलारी बजारका व्यवसायी, संघ संस्था, स्थानीयबासी र सहकारी संस्थाले पनि फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।  शुक्लाफाँटा नगरपालिका&ndash

सम्बन्धित सामग्री

रङ्गशाला निर्माणका लागि एक अर्ब २७ करोडको बोलपत्र अह्वान

धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले आफैँ निर्माण गर्ने गरी बोलपत्र अह्वान गरेको छ । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार रु एक अर्ब २७ करोड ४८ लाख ८५ हजार लागतमा रङ्गशाला निर्माण गर्न बोलपत्र आह्वान गरिएको हो । यसअघि वनाइएका संरचनाको समेत उपयोग …

प्रयोगमा आएन भोजपुरको सुविधा सम्पन्न रङ्गशाला

काठमाण्डौ – तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्‍यो । केही वर्ष अघिसम्म गौचरण जस्तै रहेको जग्गामा अहिले सुविधा सम्पन्न रङ्गशाला निर्माण भए पनि प्रयोगमा आउन सकेको छैन ।  सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने सानादेखि ठूला प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुविधा सम्पन्न रङ्गशाला बनेपछि सहजता होला भनिए पनि रङ्गशालाको स्वामित्व कसले लिएर सञ्चालन गर्ने विषय टुङ्गो नलाग्दा समस्या देखिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव सफल किरातले बत...

कतारमा रङ्गशाला निर्माणका क्रममा एक हजार ६४१ जना नेपालीको मृत्यु

काठमाडौं, मङ्सिर २ । कतारमा यही नोभेम्बर २० (मङ्सिर ४ गते)देखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका […]

कतारमाथि विश्वकप रङ्गशाला निर्माणका आप्रवासी पीडितहरुलाई क्षतिपूर्ति दिन दबाव

काठमाडौं । कतारमाथि विश्वकप आयोजना हुने रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका आप्रवासी कामदारका परिवारलाई क्षतिपूर्ति दिन दबाव बढेको छ । इंग्ल्याण्ड फुटबल संघले कतारमा पूर्वाधार निर्माण गर्दा घाइते भएका वा मारिएका आप्रवासी कामदारका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । कतारले आप्रवासी कामदारहरूमाथि गरेको व्यवहारलाई लिएर मानवअधिकारवादी समूहहरूबाट चर्को आलोचना भइरहेको बेला फुटबल क्लवहरू पनि […]

गौतम बुद्ध क्रिकेट रङ्गशाला बेवारिसे

भरतपुर, माघ १ । गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर राखेको रकममध्ये २३ हजार रुपियाँ रङ्गशाला निर्माण गर्न दिएकी थिईन् । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रङ्गशालाको निर्माण […]

क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्रीको चासो

उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् ।  क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रङ्गशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्नसक्ने सहयोगका विषयमा छलफल गरेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्री पोखरेलको चासो

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् । क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रङ्गशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्नसक्ने सहयोगका विषयमा छलफल गरेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले […]

क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्री पोखरेलको चासो

काठमाडौँ, १६ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् । क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रङ्गशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्नसक्ने सहयोगका विषयमा छलफल गरेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश […]

गौतमबुद्ध रङ्गशाला निर्माणमा ललितपुर महानगरको २० लाख सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ