प्रभुले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पायो

प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया पूरा भएको छ । सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान सेबोनको अन्तिम स्वीकृति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अन्तिम स्वीकृति दिएको छ । यी दुई कम्पनीले मर्जरमा जाने स्वीकृति पाउन वैशाख ३ गते सेबोनमा निवेदन दिएका थिए । सेबोनले कम्पनीहरूको निवेदनअनुसार यी दुई कम्पनीलाई एकआपसमा मर्ज गर्न अन्तिम सहमति दिएको हो । सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम यी दुई कम्पनीलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनीहरूले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।

सिभिल बैंक प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्तिम स्वीकृति

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको हालै बसेको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ ।    हिमालयनले सिभिललाई १०० बराबर ८० दशमलव २८ शेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । जसअनुसार सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।दुवै बैंक एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार शुरु हुनेछ । यता, दुवै कम्पनीकोे गत पुस २८ गते सम्पन्न साधारण सभाले पनि हिमालयनले सिभिललाई प्राप्ति हुने प्रस्ताव पारित गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै कम्पनीको एकीकृत कारोबार शुरु हुनेछ ।

सिभिल बैंक प्राप्ति गर्न हिमालयनले पायो अन्तिम स्वीकृति

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ । गत साता बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ । यद्यपि सोमबारसम्म सम्बन्धित बैंकले अन्तिम स्वीकृतिको पत्र राष्ट्र बैंकबाट बुझिसकेका छैनन् ।

नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको हो । अब कम्पनी रजिस्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा […]