प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङलाई प्राप्ति गर्ने

भदौ १८, काठमाडौं । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।  प्रभु बैंकको बिहीवार बसेको २२२औं सञ्चालक समिति बैठकले प्राप्ति समितिको सिफारिस बमोजिम क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्राप्ति गरिएको प्रारम्भिक समझदारीपत्र अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

प्राप्ति प्रस्ताव पारितका लागि हिमालयन र सिभिल क्यापिटलले बोलाए विशेष साधारण सभा

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल लिमिटेडले भदौ २७ गते विशेष साधारण सभा बोलाएका छन् । हिमालयन क्यापिटलको भदौ ९ गते र सिभिल क्यापिटलको भदौ ११ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । हिमालयन क्यापिटलले कम्पनी रजिष्टर्ड कार्यालय ठमेल, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ भने सिभिल क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय सिटिसी मल, सुन्धारा, काठमाडौंमा साेही दिन सोही समयमा सभा गर्ने निर्णय गरेको हो । दुवै कम्पनीले प्राप्तिसम्बन्धि प्रस्तावलाई सभामार्फत पारित गर्नेछन् । सिभिल क्यापिटल लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गर्न लागेको हो । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी एक भएसँगै यी दुई बैंकका सहायक कम्पनीको रूपमा रहेका यी कम्पनीहरू समेत एक हुन लागेका हुन् । सिभिल क्यापिटल लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता शेयर आदानप्रदान गर्ने गरी यी दुई कम्पनी एक हुन लागेका हुन् । विशेष साधारण सभामार्फत शेयर आदानप्रदान अनुपातलाई समेत अन्तिम स्वीकृति दिइनेछ । प्राप्ति प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी कम्पनीको सञ्चालक समितिलाई दिने निर्णय पनि दुवै कम्पनीले सभामार्फत गर्नेछन् ।  सिभिल क्यापिटललाई प्राप्ति गरेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्तावसमेत हिमालयन क्यापिटल लिमिटेडको सभामा पारित गरिने बताइएको छ ।

प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई प्राप्तिपश्चात् आजदेखि एकीकृत कारोबार शुरू

काठमाडौं । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ति गरेको छ । प्राप्तिपश्चात् आज अर्थात् जेठ १ गतेदेखि ‘प्रभु क्यापिटल लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरू हुँदै छ । यी दुवै क्यापिटलको वैशाख ९ गते बसेको छुट्टाछट्टै विशेष साधारण सभाले एक्विजिसनसम्बन्धी प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख २६ गते पत्र पठाउँदै सेञ्चुरी क्यापिटललाई प्राप्ति गरी सम्पूणर् सम्पत्ति र दायित्व सकार्ने गरी प्रभु क्यापिटलको नाममा एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो । प्रभु क्यापिटल प्रभु बैंकको सहायक कम्पनी हो भने सेञ्चुरी क्यापिटल तत्कालीन सेञ्चुरी बैंकको सहायक कम्पनी हो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरू गरिसकेका कारण सहायक कम्पनीहरू पनि एक भएका हुन् ।

सिभिल क्यापिटलको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन

काठमाडौं । सिभिल क्यापिटल मार्केटको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन भएका छन् । कम्पनीको १४ फागुनमा  बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । यसअघि सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै क्यापिटलको अध्यक्षमा सुमन आचार्य थिए । तर हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै आचार्य सिभिल बैंकबाट नै बाहिरिएका थिए । त्यसपछि ११ फागुनदेखि लागु […]

कुमारी बैंकको साधारणसभा आह्वान, यस्ता छन् लाभांश सहितका ७ प्रस्ताव

कुमारी बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले कार्तिक २१ गते सोमबार नक्साल स्थित कार्यालयमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७८-०७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।  हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् ।  मर्जर प्रक्रियामा रहेको कारण बैंकको कारोबार रोक्का रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सो मिति भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव ।साधारण प्रस्ताव१. बाईसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व.२०७८/०७९ को नाफानोक्सान हिसाव र सोहि अवधिको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने । ३. यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आ.व.२०७८/०७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने वारे । ४. आ.व.२०७९/०८० को लागि वाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने। ५. संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित चुक्ता पूँजीको १२.५०% (बाह दशमलव पाँच प्रतिशत नगद लाभाश वितरण गर्न स्वीकृति प्रदान गर्ने । विशेष प्रस्ताव १. बैंकले आ.व.२०७८/०७९ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५१)(ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने । २. यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने। मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्न संचालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिको सन्दर्भमा DDA नियुक्ति गर्न, निजलाई भुक्तानी गर्न पारिश्रमिक तोक्ने लगायतका प्रकृया अबलम्बन गरी अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्नको लागि संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।

बोनस शेयरमा लाग्ने कर जम्मा गर्न गरिमा विकास बैंकको आग्रह

जेठ १२, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १६ प्रतिशत बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।  कम्पनीले बिहीवार सूचना जारी गर्दै साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार गरे पश्चात् शेयर खरीद गरेका सदस्यहरुले कर बापतको रकम बुझाउनुपर्ने जानकारी गराएको हो ।  यी दुई कम्पनीबीच प्राप्ति प्रक्रिया पूरा भई २०७८ साल कात्तिक २८ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो । एकीकृत कारोबारपश्चात् कायम शेयरधनीहरुले बोनस शेयरमा लाग्ने कर बापतको रकम गरिमा विकास बैंक लिमिटेडको लाजिम्पाट, काठमाडौंमा एनआईबिएल एस क्यापिटल जिबिबिएल बोनस ट्याक्स २०७७/७८ नाममा रहेको खाता नम्बर ०४०००१०१०१३८९३०००००१ मा जम्मा गर्न कम्पनीले भनेको छ ।  कम्पनीले यस वर्षको १६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव चैत १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । सहारा विकास बैंकलाई प्राप्ति गरेपछि कायम चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाखको आधारमा कम्पनीले उक्त बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष यस बैंकले कुल १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गरेको थियो ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले २०७८ साल चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ३ गते फागुपूर्णिमा सार्वजनिक बिदा परेकाले चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

कुमारी बैंकद्वारा शेयरधनीलाई नगद लाभांश लिन अनुरोध

असोज ७, काठमाडौं । कुमारी बैंकले प्राप्ति गरेको (साविकको वेष्टर्न डेभपमेण्ट बैंक, नमस्ते वित्तीय संस्था र पश्चिमाञ्चल फाइनान्स) ले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।  कम्पनीले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष अवधि समाप्त भएपछि पनि शेयरधनीले बुझिलिन नआएकाले कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन  कार्यविधि २०७३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा पठाउन लागिएकाले यो सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र उक्त लाभांश लिन अनुरोध गरेको छ । सथै, केही शेयरधनीले बैंकको साधारण सभाबाट पारित भएको लाभांशको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि नगद लाभांश पूर्जाको रकम सटही नगरेको भन्दै सो लाभांश रकम लिन पनि भनेको हो । शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंबाट लाभांश रकम बुझिलिन सक्नेछन् ।

प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ प्राप्ति गर्ने

प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्ने भएको छ । त्यसका लागि प्रारम्भिक समझदारीपत्र बैंकको सञ्चालक समितिले अनुमोदन गरेको बैंकले जनाएको छ । बैंकको २२२औं बैठकले ग वर्गको वित्तीय कारोबार गरिरहेको क्यापिटल प्राप्ति गर्नलागेको हो ।

प्रभु बैंकले समस्याग्रस्त क्यापिटल मर्चेन्ट फाइनानसलाई प्राप्ति गर्ने

काठमाडौं । प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त वित्तीय संस्था घोषणा भएको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने भएको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर/एक्विविसन समितिको सिफारिस अनुसार क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक समझ्दारीपत्र अनुमोदन गरेको बैंकले जनाएको छ ।   नेपाल...

सिटिजन्स बैंकद्वारा दुई ओटा आर्थिक वर्षको कर वापतको रकम बुझाउन अनुरोध

जेठ ३१, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साविक तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयर वापत लाग्ने कर वापतको रकम भुक्तानी गर्न अनुरोध गरेको छ ।  सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरी चैत  १४ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १०० : ९६ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गरेको हो ।  तिनाउ मिसन डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष २०७६/ ७७ र अघिल्लो आर्थिक वर्ष २०७५/ ७६ का लागि वितरण गर्ने निर्णय गरेको बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै जम्मा गर्ने भएकाले कर वापतको रकम स्वयम् शेयरधनीहरुलाईनै जम्मा गर्न बैंकले आग्रह गरेको छ । बैंकले गत आर्थिक वर्ष ६ प्रतिशत र अघिल्लो आर्थिक वर्ष १२ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । कर वापतको नगद लाभांश भने बैंकले नदिएकाले शेयरधनी आफैले जम्मा गर्नुपर्ने छ । बैंकले कर वापतको रकम जम्मा गर्न बाँकी शेयरधनीहरुले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नारायणहिटिपथ, काठमाडौंमा रहेको खातामा जम्मा गर्नुपर्ने छ । बैंकको शेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल रहेको छ ।