काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई प्रचण्डको कब्जामा पुग्नबाट जोगाउन संसद् विघटन गर्नु जरुरी थियो भनेका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेको ओलीले पार्टीलाई जोगाउन संसद विघटन जरुरी भएको बताएका हुन्।