प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली चरम संकटमा पर्दै गइरहेको टिप्पणी गरेका छन् । उनले ओली नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल भएको पनि दावी गरेका छन् ।
‘वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनाविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ’, विप्लवले शनिबार साँझ जारी गरेको विज्ञ...