प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने संसद् बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एवं निवर्तमान प्रधानमन्त्री केपी ओली उपस्थित भएका छन् ।
सर्वोच्च अदालतको संसद् विघटन बदरको फैसलापछि बालुवाटारबाट बालकोट फर्केका केपी ओली दोस्रो पटक पुनःस्थापित संसदको पहिलो बैठकमा भने सहभागी थिएनन् ।
एमालेले देउवालाई विश्वासको मत नदिने र कोही सांसदले विश्वासको मत दिएमा त्यस्तो सांसद एमालेमा नरहने निर्णय गरेको छ ।