कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको नेकपा एमालेको माधव नेपाल समूह ५ दलीय गठबन्धनबाट बाहिरिने भएको छ ।
सर्वोच्च अदालतको फैसलापछिको अवस्थाबारे छलफल गर्न सोमवार कोटेश्वरमा बसेको बैठकमा नेता नेपालले परिस्थिति बदलिएको भन्दै गठबन्धनमा नरहने जानकारी गराएका हुन् ।
‘हिजो एउटा अवस्थामा रहेको र परिस्थिति बदलिएकाले सबैलाई समेटेर सरकार सञ्चालन गर्न देउवालाई आग्रह गर्नुभयो,’ बैठकपछि माधव नेपाल पक्षीय नेता रघुजी पन्तले भने, ‘प्रतिनिधिसभा पुनःस्थापनासँगै नयाँ परिस्...