नेकपा एमालेको माधव नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरण दिने तयारी गरेको छ ।
केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार माधव नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
बिहीवारै स्पष्टीकरण बुझाउने गरी तयारी भएको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपालसहित २२ जना सदस्यलाई स्पष्टीकरण सोधिएको थियो ।
स्पष्टीकरण पत्रमा विश्वासको मतको प्रसङ्ग उल्लेख नगरी पार्टी निर्णय र निर्देशन किन पालना नगरेको भनेर प्रश्न गरिएको छ ।
देउवा...