शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरुले सिंहदरबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीवार मन्त्रालयमा इन्जिनियरिङ समूह अन्तर्गतका सिभिल समूह,बिल्डिङ एण्ड आर्किटेक्ट उप–समूहका कर्मचारीहरुले सांकेतिक रुपमा आन्दोलन गरेका हुन् । कर्मचारीहरुले सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा शहरी विकास मन्त्रालयमा ल्याउने र शहरी विभागको कार्यक्षेत्र ओगट्ने गरी