हेटौंडा : गत बुधबार बागमती प्रदेशको मुख्यमन्त्री पदबाट डोरमणि पौडेलले सेफ ल्यान्डिङ गरे।पटक-पटक आफ्नै पार्टीबाट समेत धरापमा परेका पौडेलले अन्ततः मुख्यमन्त्रीको साँचो अष्टलक्ष्मी शाक्यलाई बुझाउँदै प्रदेश सरकारको नेतृत्वबाट सुरक्षित अवतरण गरेका हुन्।प्रदेश सरकार गठन भएदेखि नै पार्टी भित्रैको अन्तरविरोधमा परेका पौडेलले ४२ महिना ७ दिनसम्म सरकारको नेतृत्व गरे। तत्कालीन अवस्थामा एमाले र माओवादी नेकपा हुँदा एमालेकै सांसदबाट समेत अविश्वासको प्रस्ताव आएपनि पौडेलले त्यसको सामना भने गर्नुपरेन।पछि