मोरङ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशले मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन्।मोरङमा आज आयोजित एक कार्यक्रममा उनले प्रदेशका जनताले गरेको आन्दोलनका कारणमा मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको बताइन्।पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा बसोवास गर्ने विविध जातजाति, भाषाभाषी एवं संस्कृति अवलम्बन गरेका समुदायका बीचमा आपसी सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने काममा सञ्चार माध्यमले योगदान गर्नुपर्नेमा जोड दिइन्।