लोथर खोलामा पुल नबन्दा समस्या

लोथर खोलामा पक्की पुल नबन्दा राक्सिराङ गाउँपालिकाका तीन वडाका बासिन्दाले वर्षायाममा कष्ट व्यहोर्दै आएका छन् । चितवनको राप्ती नगरपालिका–११ र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ खरखन्डेको बीचमा पर्ने लोथर खोलामा पुल नबन्दा वर्षायाममा सवारी साधन आउजाउ गर्न समस्या भएको हो ।

सम्बन्धित सामग्री

इलामको फेवा खोलामा पुल नबन्दा बर्षामा जोखिम मोलेर स्थानीय वारपार गर्न बाध्य

इलाम । इलामको माङसेबुङ्ग गाँउपालिका १ र २ जोड्ने फेवा खोलामा पक्की मोटरेबल पुल नहुँदा समस्या भएको छ । गजुरमुखी र इभाङ्ग जोड्ने खोलामा पुल नबन्दा हिउँदमा जसोतसो सवारी वारपार गरेपनि वर्षामा भने स्थानीयले सास्ती खेप्दै आएका छन् । नेताले जितेर गए । तर, माङसेबुङ्गलाई चटक्कै बिर्सिए । चुनाव लाग्ने लाग्ने बेला आउछन् तर जितेर […]

ओखलढुंगा जाने सोखु खोलामा मोटरेबल पुल बनाउन सांसद रामहरिको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सिन्धुली जिल्लाको सोखु खोलामा तत्काल मोटरेबल पुल बनाउन संसदमा माग गरेका छन्। आइतबार भएको प्रतिनिधिसभा बैठकमा उनले समयमा पुल नबन्दा सवारी चालक तथा यात्रुहरूले धेरै समस्या भाेग्न बाध्य भएकाे भन्दै तत्काल पुलको व्यवस्था गर्न माग गरेका हुन्।‘ओखलढुंगा-सोलुखुम्बु-खोटाङ जाने सोखु खोलामा पुल नबनेर गाडी जाम गर्ने अवस्था छ,तुरुन्त व्यवस्थापन होस’,उनले भने।यस्तै,उनले ओखलढुंगा-कटारी सडक पनि बनाउन माग गरे। ‘कटारी-ओखलढुंगा बाटो ४६ किमीको लाग

पुल नबन्दा नागरिकलाई सास्ती

काठमाडौँ,११ माघ । दाङमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा नागरिकले सास्ती भोग्नु परेको छ । घोराही–१७ को गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोलामा पुल बनाउन जमिनमुनी फलामको छड गाडेको दुई वर्ष भयो । तर अझै निर्माण सम्पन्न भएको छैन् । तुलसीपुर उपमहानगरपालिका–१७ बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पुल पनि समयमा निर्माण हुन सकेको छैन् […]

पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै भगवतीमाईका स्थानीय

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीय जनता जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षात्को समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले खोला तर्दै आएका छन् । भगवतीमाई गाउँपालिका–३ सान्तडा र ४ नं को मध्यपहाडी राजमार्गमा जोड्ने पुल नहुँदा वर्षायाममा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । पुलकै कारण […]

मेलम्ची र इन्द्रावती खोलामा पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्ने बित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ ।मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि वैकल्पिक रूपमा रहेको झोलुङ्गे पुलको सहायक पर्खाल बाढीले बगाएका कारण एकैपटक धेरै मानिस आवतजावत गर्दा हल्लिने गर्दछ । मेलम्चीबाट दोभानटार र दोभानटारबाट रामपुरबेँसी जोड्ने यो पुल

पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची, ९ भदौ । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ । मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि […]

पुल नबन्दा जोखिम मोलेरै यात्रा गर्न बाध्य

तेह्रथुम । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथु्मको फेदाप र मयाङ्लुङ जोड्ने खोरुङवा खोलामा निमार्णाधीन पक्की पुल ५ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ सालमा निर्माण सम्झौता भए पनि सप्तकोसी जलाधार निर्माण कम्पनीको लापरबाहीका कारण पुल बन्न नसकेको हो । पक्की पुल नबन्दा सवारीसाधन काठको झोलुङ्गे पुलबाट जोखिमपूर्ण ओहोरदोहोर गर्न बाध्य छन् । २०७४ साल […]

पुल नहुँदा यात्रुलाई सास्ती

पूर्वमन्त्री तथा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टको क्षेत्रमा पर्ने व्यस्त सडकमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–छल्दी–हुलाके–सिमलटारी सडकखण्डमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका हुन् ।विष्टको निर्वाचन क्षेत्रमा धेरै आशा गरिएको यो मदन भण्डारी राजमार्गमा सडक पक्की बन ेपनि खोलामा पक्की पुल नबन्दा […]

दुई वर्षअघि सडक कालोपत्रे भयो, तर खोलामा पुल बनेन

सडक कालोपत्रे भए पनि गुल्मीको तम्घास–सिमलटारी सडकखण्डमा पर्ने खोलामा पुल नबन्दा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ ।