डिसहोम फाइबरनेटको ४० एमबिपिएस इन्टरनेट जडानमा आईपीटिभी सित्तैमा

डिसहोम फाइबरनेटले ४० एमबिपिएसको इन्टरनेट जडानमा आईपीटिभी सित्तैमा दिने योजना “काईदाको फाइबरनेटमा फाईदाको आईपीटिभी” सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत डिसहोम फाइबरनेटको ४० एमबिपिएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानिमा आईपीटिभी सित्तैमा पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार डिसहोम फाइबरनेटको ४० एमबिपिएस को एकवर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२९९९ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटिभी को बार्षिक सब्स्क्रिप्सनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स,  र  जडान सेवा सबै निशुल्क पाउनेछन् ।साथै डिसहोम फाइबरनेट ले यस अघिनै १०० एमबिपिएस को इन्टरनेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

सम्बन्धित सामग्री

मंसिर ११ गते नगद १० लाख जित्ने 'डिसहोम मेगास्टार'को घोषणा गरिँदै

टेलिभिजन तथा इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम फाइबरनेट) ले सञ्चालन गरेको चाडपर्वलक्षित 'डिसहोम सुपरस्टार– हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाको 'डिसहोम मेगास्टार' यही हप्ता घोषणा गर्ने भएको छ ।

नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिसहोम फाइबरनेट आबद्ध

नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रूपमा डिसहोम फाइबरनेट आबद्ध भएको छ ।

काठमाडौंको टीकाथलीमा डिसहोम फाइबरनेटको सहवितरण सोरुम

काठमाडौं : नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले काठमाडौंको टीकाथलीमा पनि सहवितरण सोरुम सञ्चालनमा ल्याएको छ।सोरुम उद्घाटन डिसहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा भएको थियो।लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकसम्म पुर्‍याउँदै आएको टेककेयर टेक्नोलोजीले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाइएको छ।२ हजारभन्दा

डिसहोम बन्यो ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड वाइ स्पोन्सर

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड बाइ स्पोन्सर डिसहोम फाइबरनेट बनेको छ । छैठौं संस्करणको ग्राण्ड फिनाले पुस २ गते हुँदैछ । यो अवार्ड कार्यक्रममा डिसहोम फाइबरनेटले सहकार्य गरेको हो । ग्राण्ड फिनालेमा ‘आईसीटी अवार्ड २०२१’ का विजेताहरूले आईसीटी अवार्ड सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाइबरनेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्नेछ । आईसीटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्

वीरगञ्जमा डिसहोम फाइबरनेट सेवा

काठमाडौं (अस) । डिसहोम फाइबरनेट वीरगञ्जमा विस्तार गरिएको छ । डिसहोम फाइबरनेटका साथ इन्टरनेट कनेक्सनको अनुभवसहित डिसहोम ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिसहोम गो एप र एक्सभीओडीजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । फाइबरनेटका योजना १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् । कम्पनीले यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर, बर्दिबास, विराटनगर, धरान, जनकपुर र बनेपामा सेवा विस्तार गरिसकेको छ । छिट्टै पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोडलगायत अन्य स्थानमा पनि सेवा विस्तार गर्ने तयारी भइरहेको कम्पनीले बताएको छ । कम्पनीले फाइबरनेटलाई नेपालभर पु¥याउने लक्ष्य लिएको छ ।

सुनसरीको धरानमा डिसहोमको फाइबरनेट सेवा

डिसहोमको फाइबरनेट सेवा सुनसरीको धरानमा पनि विस्तार भएको छ । डिसहोम फाइबरनेट उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिसहोमले सुरु गरेको हो । डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र सर्वसाधारणलाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको दाबी छ ।डिसहोमका ग्राहकका लागि डिसहोम […]

डिसहोम फाइबरनेट प्रमुख सहरमा विस्तार

काठमाडौं, असार २३ । डिसहोम फाइबरनेट सेवाको नेपालका प्रमुख सहरहरूमा विस्तार भएको छ। डिसहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित डिसहोमका ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट सहितका सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । फाइबरनेटका योजनाहरू १० एमबिपिएस देखि १०० एमबिपिएससम्म उपलब्ध छन्। काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा र इटहरीमा यसअघि नै […]