वीरगञ्जमा डिसहोम फाइबरनेट सेवा

काठमाडौं (अस) । डिसहोम फाइबरनेट वीरगञ्जमा विस्तार गरिएको छ । डिसहोम फाइबरनेटका साथ इन्टरनेट कनेक्सनको अनुभवसहित डिसहोम ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिसहोम गो एप र एक्सभीओडीजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । फाइबरनेटका योजना १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् । कम्पनीले यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर, बर्दिबास, विराटनगर, धरान, जनकपुर र बनेपामा सेवा विस्तार गरिसकेको छ । छिट्टै पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोडलगायत अन्य स्थानमा पनि सेवा विस्तार गर्ने तयारी भइरहेको कम्पनीले बताएको छ । कम्पनीले फाइबरनेटलाई नेपालभर पु¥याउने लक्ष्य लिएको छ ।

सम्बन्धित सामग्री

महेन्द्रनगरमा डिसहोम फाइबरनेटको सोरुम

काठमाडौँ – डिसहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर, महेन्द्रनगर, कञ्चनपुरमा डिसहोम फाइबरनेट सोरुम उद्घाटन गरिएको छ। मौभेरा मनी ट्रान्सर्फरले सोरुम सञ्चालन गर्नेछ। सोरुमको उद्घाटन डिसहोमका तर्फबाट सिइओ स्वाइन बिलिङ, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मीराज जोशी […]

डिसहोम फाइबरनेट प्रयोगकर्ता एक लाख पुगे

काठमाडौँ – डिसहोमले सुरु गरेको डिसहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ। चुस्त–दुरुस्त सेवा देशभर पुर्‍ याउने लक्ष्य लिएर सुरु गरिएको डिसहोम फाइबरनेटले एक लाख ग्राहक पुर्‍याउन सफल भएको छ। एक लाख ग्राहक पुगेको अवसरमा डिसहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित डिसमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिसहोम फाइबरनेटको नेटवर्कले छिट्टै […]

काठमाडौंको टीकाथलीमा डिसहोम फाइबरनेटको सहवितरण सोरुम

काठमाडौं : नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले काठमाडौंको टीकाथलीमा पनि सहवितरण सोरुम सञ्चालनमा ल्याएको छ।सोरुम उद्घाटन डिसहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा भएको थियो।लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकसम्म पुर्‍याउँदै आएको टेककेयर टेक्नोलोजीले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाइएको छ।२ हजारभन्दा

धनगढीमा डिसहोम फाइबरनेट सोरुम उद्घाटन

काठमाडौं (अस) । धनगढीको चटकपुरमा डिसहोम फाइबरनेट सह–वितरकको सोरुम उद्घाटन गरिएको छ । डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउन सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । श्रीकृष्ण इन्टरप्राइजेजले सोरुम सञ्चालन गर्नेछ । सोरुम उद्घाटन डिसहोमका सेल्स अफिसरद्वय कमल रिमाल र लक्ष्मीराज जोशीले गरे । लामो समयदेखि कम्पनीसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकमाझ पुर्‍याउँदै आएको श्रीकृष्ण इन्टरप्राइजेजले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । हाल १ सयभन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइरहेको श्रीकृष्ण इन्टेरप्राइजेजका सञ्चालक सुरेश पाठकले बताए ।

जोरपाटीमा डिसहोम फाइबरनेटको सह–वितरण सोरुम

दिपा इम्पेक्सले १९ माघदेखि डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सोरुम सञ्चालनमा ल्याएको हो

जोरपाटीमा पनि डिसहोमको सह-वितरण सोरुम

काठमाडौं : डिसहोम फाइबरनेटले जोरपाटीमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ।१९ माघदेखि डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको हो। यस सोरुमको संचालन दीपा इम्पेक्सले गर्नेछ।सोरुम समुद्घाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो।लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्‍याउँदै आएको दीपा ईम्पेक्सले अब डिस

डिसहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार

डिसहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको हो। डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

डिसहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार

डिसहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको हो। डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

पोखरामा डिसहोम फाइबर नेट सेवा

काठमाडौं । डिस मिडिया नेटवर्क डिसहोमले कास्कीको पोखरामा डिसहोम फाइबरनेट सेवा सञ्चालनमा ल्याएको छ । पोखराको नयाँबजारस्थित भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष नारायण कोइरालाले उक्त सेवा उद्घाटन गरे ।   डिस होमका एरिया सेल्स म्यानेजर, सेल्स अफिसर, प्राविधिक, डिलर दाइहरु, स्थानीयलगायत सहभागी कार्यक्रममा भट्टराई एन्ड ब्रदर्स सप्लायर्सका अध्यक्ष  अम्बिकामोहन भट्टराईले डिसहोम फाइबर नेटको सेवाबारे जानकारी दिए । पोखरामा सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका ग्राहकलाई सस्तो र गुणस्तरीय इन्टरनेट सेवा दिइने उनले बताए । कम्पनीले बुधबारबाट १० एमबीपीएसदेखि ग्राहक रोजाइअनुसार १०० एमबीपीएससम्मका प्याकेज उपलब्ध गराउनेछ । पोखरामा सुरु गरिएको यो सेवा क्रमशः यस क्षेत्रका ग्रामीण भेगमा पनि पु¥याइने डिस होमका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदी ले जानकारी दिए ।

सुनसरीको धरानमा डिसहोमको फाइबरनेट सेवा

डिसहोमको फाइबरनेट सेवा सुनसरीको धरानमा पनि विस्तार भएको छ । डिसहोम फाइबरनेट उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिसहोमले सुरु गरेको हो । डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र सर्वसाधारणलाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको दाबी छ ।डिसहोमका ग्राहकका लागि डिसहोम […]