कामना सेवा विकास बैंकको लाभांश पारित

कामना सेवा विकास बैंकले सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको १५औं वार्षिक साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट सो लाभांश दिने प्रस्ताव पारित गरेको हो ।साधारणसभाले आव २०७७-०७८ को मुनाफाबाट सेयरधनीलाई हाल कायम रहेको चुक्तापुँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशतसमेत […]

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंकले पुस १७ गते साधारण सभा गर्ने, छैन लाभांश प्रस्ताव

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पुस १७ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सार्वजनिक गरेको सूचनामा वार्षिक साधारण सभा हुने मिति र स्थानबारे भने जानकारी दिइएको छैन । उक्त साधारण सभाको लागि भने कम्पनीले मङ्सिर २९ गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा मङ्सिर २८ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् । यस वर्ष कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कात्तिक २१ गते बसेको कम्पनीको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत वर्ष बैंकले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कामना सेवा विकास बैंकले यस वर्ष शेयरधनीलाई लाभांश नबाँड्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८०सम्मको मुनाफाबाट शेयरधनीलाई यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  बैंक सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरुमाथि छलफल गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।   गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहितको वित्तीय विवरणहरु अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैंकले गरेको छ ।  राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारण सभाबाट स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंकले गरेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत वर्ष बैंकले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कामना सेवा विकास बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश नलिएका शेयरधनीहरूलाई कम्पनीले उक्त रकम लिन अनुरोध गरेको हो ।  कम्पनीले लाभांश रकम लिनका लागि शेयरधनीहरूलाई सूचना प्रकाशित गरेको मितिबाट एक महीनाभित्र कम्पनीको शेयर रजिष्ट्रार बि.ओ.के क्यापिटल मार्केट लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरेको छ । तोकिएको समयभित्र नगद लाभांश लिन नआएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जानकारी दिएको छ ।

कामना सेवाको लाभांश पारित

कामना सेवा विकास बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको १६औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को लाभांशबाट चुक्ता पुँजीको चार दशमलव ४१ प्रतिशत बोनस सेयर...

कामना सेवा विकास बैंकको ४.६४ प्रतिशत लाभांश पारित

कामना सेवा विकास बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पुँजीको ५२ प्रतिशत भन्दा बढी सेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना सेयरधनीको उपस्थिति रहेको थियो । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२३२१ […]

लाभांश करविनाको लाभांश

प्राइम कमर्शियल बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०७७/७८ मा जारी गरेको बोनस शेयर शेयरधनीको खातामा आएको छैन । बैंकले लाभांश करबापत पर्याप्त रकम नछुट्ट्याएको कारण नपुग करबापतको रकम बुझाउँदा पनि शेयर खातामा आउन नसकेको हो । बैंक वित्तीय संस्था गाभ्न गाभिन प्रोत्साहित गर्न सरकारले शेयरधनीलाई दिएको लाभांश कर छूटलाई कम्पनीले बेवास्ता गर्दै बढी लाभांश देखाउने मोह देखाउँदा शेयरधनी मर्कामा परिरहेका छन् । राज्य शेयरधनीलाई सुविधा दिने, शेयरधनीको रकमले कम्पनी चल्ने तर कम्पनी शेयरधनीलाई बेवास्ता गर्ने गजब तालमेल देखिएको छ । बोनस शेयरमा लाग्ने लाभांश कर तिर्न जानु भनेको शेयर भौतिक अवस्थामा हुँदा बोनस शेयर प्रमाणपत्र र नगद लाभांशको चेक लिन काठमाडौंमा रहेको शेयर रजिस्ट्रारको कार्यालय धाउनुजत्तिकै कठिनाइ बनेको छ । लाभांश लिँदा गोजी रित्तो गाभिएका कम्पनीले करबापतको रकम नछुट्ट्याएको कारण बोनस शेयर पाउन खल्तीभरि पैसाको भारी बोकेर जानुपर्ने बाध्यता छ । शेयरधनीका लागि यस्तो लाभांश ‘नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छो बाबुको अनुहार’ जस्तै बनेको छ । लाभांश कर स्रोतमै कट्टी हुने र लाभांश आम्दानी अन्तिम हुँदा पनि लाभांश कर तिरेर लाभांश लिनुपर्ने कुरो सुन्दै उदेकलाग्दो छ । लगानी गरेर लाभ (नगद) प्राप्त हुनुपर्नेमा कम्पनीले नगद भन्ने चिजै दिन छोडर दुर्लभ वस्तुजस्तै बनाएका छन् । बोनस शेयर आफैमा लाभांश होइन, यसले शेयरधनी र कम्पनी दुवैको हित गर्दैन । बोनस शेयरका कारण कम्पनी चुक्ता पूँजीको हिसाबले ‘ओभर क्यापिटलाइज्ड’ हुँदै गएर पूँजी ‘वाटर्ड’ बनिसकेको छ । गाभिएका कम्पनीले बोनस शेयरै जारी गर्ने भए पनि त्यसलाई पुग्ने लाभांशबापतको कर रकम छुट्ट्याएको भए सहज रूपमा शेयरधनीले बोनस शेयर प्राप्त गर्न सक्ने थिए र बोनस शेयरमा लाग्ने लाभांश कर तिर्न जानु भनेको शेयर भौतिक अवस्थामा हुँदा बोनस शेयर प्रमाणपत्र र नगद लाभांशको चेक लिन काठमाडौंमा रहेको शेयर रजिस्ट्रारको कार्यालय धाउनुजत्तिकै कठिनाइ बनेको छ । लाभांशबापतको कर रकम बुझाउन जाँदाको अर्को उदेकलाग्दो कुरो के छ भने लाभांश करबापत तिर्ने रकमभन्दा बढी रकम खर्च हुन्छ । समयको त हिसाब गरेकै छैन । यस्तो हिसाब गर्ने हो भने त यस्ता लाभांश ‘खानुभन्दा गानु ठूलो’ हुन्छ । अझ सरसापट र उस्तै परे ऋण लिएर करबापतको रकम बुझाउनुपर्ने विडम्बना पनि छ । घरबाट गोजीभरि पैसाको भारी बोकेर गएर बोनस शेयर नामक कागजको खोस्टा बटुलेर ल्याउनुपर्ने स्थिति छ । भन्नलाई बोनस शेयर बेचेर ‘टन्न’ नाफा खान पाइन्छ भने पनि त्यो केवल भ्रम मात्र हो । बोनस शेयर बेचेर ‘खाउ’ भन्नु रूख ‘बेच’ भने जस्तै हो । रूख (लगानी) भनेको फल (लाभांश) खानको लागि हो । नियमानुसार स्रोतमै कट्टी हुने लाभांशबापत लाग्ने कर रकम नछुट्ट्याउनु कम्पनीको शेयरधनीप्रति महा अन्याय हो । शेयर छैन बक्यौता छ   प्राइम बैंकले विभिन्न कम्पनी गाभेको हुँदा लाभांशबापत लाग्ने कर रकम छुट्ट्याएन । आयकर ऐन, २०५८ ले गाभ्ने सम्झौता हुँदाका बखत कायम शेयरधनीलाई गाभिएको ‘दुई वर्षभित्र’ वितरण गरेको लाभांशमा लाग्ने लाभांश कर छूट दिएको छ । कानूनमा ‘दुई वर्षभित्र’ भनिएको वाक्यलाई कम्पनीले राम्ररी बुभ्mन सकेको देखिँदैन । यसलाई सीधा अर्थ लगाएर ‘दुईपटक’ भन्ने भन्ने बुभ्mनु नै कम्पनीको ठूलो त्रुटि देखिन्छ । कानूनमा २ वर्षभित्र भनिएकाले उक्त अवधिमा साधारणसभा हुन नसकेमा दुईपटक होइन, एकपटक पनि लाभांश कर छूटको सुविधा प्राप्त हुन सक्दैन । बुद्धि पुर्‍याउन सकेमा तीनपटक पनि छूट खान सकिन्छ । अझ अन्तरिम लाभांश बाँड्न सकेमा त यस्तो पटक बढ्छ । ‘दुई वर्षभित्र’ लाई नबुझेर ‘दुईपटक’ गणना गर्दा सम्भवत: प्राइम बैंकले १ वर्ष बढी समय लाभांश छूट लियो र उक्त कुरा पत्ता लागेपछि छूट दिएको सालको कर रकम असुल्न निर्देशन प्राप्त भएपछि अहिले पुरानो बक्यौता लाभांश कर शेयरधनीसँग माग गरिरहेको छ । तर, दुर्भाग्य के बन्यो भने गतवर्ष नै शेयर बेचेर बाहिरिइसकेका शेयरधनीको नाममा लाभांश करबापतको रकम बक्यौता देखिएको छ । यस्तो बक्यौता रकम तिर्न कुनै पनि शेयरधनी (बेचिसकेका) लाई बाध्य पार्न सक्ने अवस्थामा कम्पनी छैन । शेयर बाँकी भएका शेयरधनीको हकमा शेयर रोक्का गराएर लियनमा राख्न सक्छ र राखिरहेको छ । गल्ती कम्पनीका पदाधिकारी गर्ने अनि सास्ती चाहिँ शेयरधनीले भोग्नुपर्ने यो कस्तो व्यवस्थापकीय कौशल हो ? के व्यवस्थापकीय पदाधिकारीले कुनै जिम्मेवारी लिनु नपर्ने हो ? अनि शेयरबजारको नियमन गर्ने निकाय मौन बस्न मिल्ने हो ? प्रश्न छ, उत्तर छैन । दु:ख दिने थुप्रै गाभिएकाले त कानूनले दिएको सुविधाको उपयोग गर्दै लाभांश करबापत रकम छुट्ट्याएनन् । तर, कर छूट नै नपाएका कम्पनीले पनि लाभांशबापतको कर रकम नछुट्ट्याएको थुप्रै दृष्टान्त छन् । हाल ज्योति विकास बैंक लिमिटेडमा गाभिएको हाम्रो विकास बैंक लिमिटेड र सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले पनि लाभांशबापत रकम छुट्ट्याएका थिएनन् । यसभन्दा अघि लक्ष्मी बैंक लिमिटेड, सेवा विकास बैंक लिमिटेड (हाल कामना सेवा विकास बैंक लिमिटेड), कैलाश विकास बैंक लिमिटेड (हाल प्राइम कमर्शियल बैंक लिमिटेड), सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलगायत कम्पनीले लाभांश करबापत रकम नछुट्ट्याएर दु:ख र हैरानी दिइसकेका छन् । यस्तो क्रमको पछिल्लो संस्करणमा राधी विद्युत् कम्पनी लिमिटेड थपिएको छ । कम्पनीले आव २०७६/७७ मा वितरण गरेको बोनस शेयरका लागि लाभांश करबापत लाग्ने रकम छुट्ट्याएन । लाभांशमा लाग्ने कर रकम छुट्ट्याउ भन्नुपर्ने विषय होइन, किनकि सैद्धान्तिक रूपमै स्रोतमा कट्टी हुने आम्दानी हो । कम्पनीको पारा हेर्दा यस्ता विषयमा पनि कुनै निकायको निर्देशन नै पर्खेर बसेको जस्तो देखिन्छ । करबापतको रकम छुट्ट्याऊ भनेर निर्देशन दिने दिन आउनु दुर्भाग्य नै हुनेछ । निर्देशन नआएमा र कम्पनीले स्वविकेकीय आधारमा यस्तो नगरेमा यस्ता गतिविधिको सूची लामो बन्दै जानेछ । धितोपत्र बोर्डको जिम्मेवारी गाभिएका र नगाभिएका दुवै सूचीकृत कम्पनीले बोनस शेयरमा लाग्ने लाभांश बापतको कर रकम नछुट्ट्याएर शेयरधनीलाई दिएको दु:खको प्रत्यक्ष साक्षी नेपाल धितोपत्र बोर्ड हो । सूचीकरणमा आउने हरेक कम्पनीको नियामक बोर्ड हो । बोर्डको मुख्य उद्देश्य नै शेयरधनीको हित रक्षा हो । तर, बोर्ड शेयरधनीको हित रक्षामा बारम्बार चुक्दै आएको छ । प्राइम बैंकको सन्दर्भमा आयकर कानुनको यथेष्ट जानकारी नराखी कर छूटको अवधि सकिँदा पनि त्यसलाई बेवास्ता गरी करबापत रकम नछुट्ट्याएका कारण शेयरधनीको नाममा देखिएको करबापतको बक्यौता रकम धितोपत्र बोर्डले कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक र कम्पनी सचिवबाट व्यक्तिगत रूपमा असुल गर्नुपर्छ । त्यस्तै, जानाजान बोनस बापतको लाभांश कर नछुट्ट्याउने राधी विद्युत् कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई पनि व्यक्तिगतरूपमा जरिवाना तिराउनुपर्छ । अझ पनि गाभिएका र नगाभिएका कम्पनीको आव २०७७/७८ वा सोभन्दा अगाडिको साधारणसभा हुन बाँकी रहेको हुँदा लाभांशबापत लाग्ने कर रकम पर्याप्त छुट्ट्याउन सद्बुद्धि पलाओस्, कुनै निकायले निर्देशन दिने दिन नआओस् । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

कामना सेवा विकास बैंक र मुक्तिनाथ क्यापिटलले मंगलवार बोलाए साधारण सभा

कात्तिक २२, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको साधारण सभा मंगलवार बोलाएका छन् । कामना सेवा विकास बैंक र मुक्तिनाथ क्यापिटलले साधारण सभा बोलाएका हुन् । कामना सेवा विकास बैंकले बिहान १० बजे पार्क भिलेज रिर्सोट बुढानिलकण्ठमा साधारण सभा बोलाएको छ । सभाले १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारि गर्नेछ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक १० गते बन्द गरिसकेको छ ।यस आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन  लाभांश पाउनेछन् ।  त्यसैगरी मुक्तिनाथ क्यापिटलले बिहान ११ बजे मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा बोलाएको छ । सभाले हाल कायम रहेको चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ :  १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन

कात्तिक १०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार कामना सेवा विकास बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले १८ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६०७ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ७१९ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी कात्तिक २३ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा हुने कम्पनीले जानकारी गराएको छ ।

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited को लाभांश सुरक्षित गर्ने आज कार्तिक ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा लिन र तथा प्रस्तावित लाभांश पाउँन सक्ने भएका हुन् । बैंकले  कात्तिक २३ गतेका लागि साधारणसभा डाकेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरि कुल १९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन।सभामा गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन्। हाल कायम चुक्तापूँजीमा १८.५० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापूँजी बढेर ३ अर्ब १४ करोड पुग्नेछ। हाल बैंकको चुक्तापुंजी २ अर्ब ६५ करोड १९ लाख रहेको छ। बैंकको साधारणसभाले संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट ३ जना गरि संचालक समितिमा ६ जना निर्वाचन गर्ने छ।

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश गरि कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रहेको छ।