कात्तिक २२, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको साधारण सभा मंगलवार बोलाएका छन् ।
कामना सेवा विकास बैंक र मुक्तिनाथ क्यापिटलले साधारण सभा बोलाएका हुन् । कामना सेवा विकास बैंकले बिहान १० बजे पार्क भिलेज रिर्सोट बुढानिलकण्ठमा साधारण सभा बोलाएको छ । सभाले १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारि गर्नेछ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक १० गते बन्द गरिसकेको छ ।यस आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन लाभांश पाउनेछन् ।
त्यसैगरी मुक्तिनाथ क्यापिटलले बिहान ११ बजे मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा बोलाएको छ । सभाले हाल कायम रहेको चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।